न्यूयोर्कको एक भवनमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने बन्दुकधारीले पनि आफ्नै ज्यान लिएका छन्
चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।
बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
भारतको झारखण्डमा तीर्थयात्री बोकेको एउटा बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
पछिल्लो ६ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता हुने क्रम घट्दै गएको छ भने बन्द हुने क्रम बढ्दै गएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।
सोमबार मलेसियामा भएको शान्ति वार्तापछि कम्बोडिया र थाइल्यान्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका थिए।
गुल्मीको रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार हायू परिवारका सबै सदस्यहरू शनिबार बेलुका ईभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएका थिए।
मधेशमा खडेरीका कारण खाद्य संकटको जोखिम बढेपछि विज्ञहरूले जलवायु परिवर्तनका असरलाई ध्यान दिँदै धानबालीको सट्टा सुक्खा अनुकूल बाली लगाउन सुझाव दिएका छन्।
ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।
सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बैंककस्थित खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग सम्बन्धित १८ करोड ५८ लाख बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दामा वारेस राख्न दिएको निवेदन विशेष अदालतले अस्वीकृत गरेको छ।
उपल्लो मुस्ताङ भ्रमण गरेका चार हजार २१९ विदेशी पर्यटकबाट सरकारले २९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। प्रहरीले स्थानीयसँग मिलेर उनीहरूको खोजी शुरू गरेको छ।
कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लामा डेंगी संक्रमित न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा पुगेको छ।