निमार्ण कार्यमा बाँसको प्रयोग गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।
गोरखाबाट नारायणगढ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा आइतबार दिउँसो दुर्घटनामा परेको छ।
गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्यासहित सीआईबीले अनुसन्धान गरिरहेका सबै जटिल घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान गर्न निर्देशन दिएका छन्।
बेलायती जेलबाट रिहा भएपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्ज आफ्नो परिवारका सदस्य र अस्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँगै सिड्नी हार्बर ब्रिजमा आयोजित प्रदर्शनमा सहभागी भएका छन्।
आइतबार नेप्से परिसूचक ६३.७३ अंक अर्थात् २.१८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा कायम भएको छ।
गएरातिको वर्षाले मधेशका किसानलाई केही राहत दिए पनि पर्याप्त पानी नपर्दा अझै आधाभन्दा बढी धान रोपाइँ हुन सकेको छैन।
सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थप गरी २०८३ साउन ७ गतेसम्म पुर्याएको छ।
चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ।
तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।
चारैतिर पानीको हाहाकार परेका बेला टोलबासीलाई एकत्रित गरी बोरिङ जडान गरेर सबैको सहभागिता जुटाउँदै साउन १५ भित्रै रोपाइँ सकिएको अवकाश प्राप्त सहसचिव काशीराज दाहालको भनाइ छ।
डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका बालकले नजिकै रहेको विद्युत् पोलमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।
‘हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्। उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।
सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मेची करिडोरअन्तर्गत पुवा खोलामा बेलिब्रिज बनेपछि इलामबाट बिर्तामोडसम्मको यात्रा ३६ किलोमिटर छोटिएको छ।
भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्ने विज्ञहरूले बताएका छन्।
नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ।
गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।