AnonymousUser

Logout

२४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा

आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

अमेरिकी प्रतिबन्धको विरोधमा ब्राजिलमा प्रदर्शन

प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

मैनावती खोलाको पुल भासिँदा आवतजावत ठप्प

स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।

उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश

उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

हलेसी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

८० वर्षपछि पनि हिरोशिमा आणविक बम विस्फोटको पीडा झेलिरहेका कोरियालीहरू

८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।

माओवादी स्थायी समिति बैठकले पारित गर्‍यो २६बुँदे प्रस्ताव

माओवादी केन्द्रको स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयमा २६बुँदे प्रस्ताव पारित गरेको छ।

वर्षाका कारण मुगुमा ९ घर भत्किए, पीडितको बिचल्ली

वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।

किसानलाई तत्काल मल उपलब्ध गराउन सांसदको माग

लामो खडेरीपछि वर्षा भएसँगै धान रोपाइँमा जुटेका मधेशका किसानलाई मलको अभाव भएपछि प्रतिनिधिसभाका सांसदहरूले तत्काल मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

पाकिस्तानमा मनसुनी वर्षाका कारण १४० बालबालिकासहित २९९ जनाको मृत्यु

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी वर्षाका कारण हालसम्म २९९ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।

बुटवल–नारायणगढ सडकखण्ड दाउन्नेमा अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

भिजिट भिसामा जाने वार्षिक पौने ३ लाख, ४२ प्रतिशतभन्दा बढी महिला

यूएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा भिजिट भिसामा जाने महिला यात्रुको संख्या पुरुषको भन्दा बढी रहेको छ।

सप्तकोशी नदीमा पानीको बहाव  उच्च

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

यमनको तटमा डुंगा पल्टिँदा कम्तीमा ६८ आप्रवासीको मृत्यु

यमनको तटमा डुंगा पल्टिँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ भने ७४ जना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सी आईओएमले यस घटनालाई 'हृदयविदारक' भनेको छ।

आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गए राति त्यसतर्फ प्रस्थान गरेका छन्।

अझै केही दिन देशभर मनसुन सक्रिय रहने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।