AnonymousUser

Logout

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।

उत्तरकाशीमा बादल फाट्दा १०० भन्दा धेरै मानिस हताहत भएको आशंका: एनडीआरएफ

बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।

सिरहामा पेस्तोलसहित ३ भारतीय नागरिक पक्राउ

चोहर्वा–सिरहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्।

संसद्‌मा उठ्यो भाषा आयोगको सदस्य नियुक्तिमा भएको गडबडीको विषय

प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्‌को ध्यानाकर्षण गराएका हुन्।

एनपीएल अक्सनमा १५० खेलाडी छनोट, ८ खेलाडी ‘ए’ श्रेणीमा

एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० खेलाडी छनोट गरिएको हो।

देशका केही भागमा भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ।

पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड एकतर्फी खुल्यो

पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड सोमबार बेलुकादेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

कर्मचारीको आन्दोलनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

फार्मेसीमा कार्यरत २२ जना कर्मचारी तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन्। चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन्।

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

बैठकले १० वर्ष अवधिको सवारीचालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, राइड शेयरिङलाई व्यवस्थित गर्ने लगायतका पनि निर्णय गरेको छ।

उत्तराखण्डमा अचानक आएको बाढीका कारण ४ जनाको मृत्यु, ५० बढी बेपत्ता

खीरगंगा नदीमा अचानक आएको बाढी धराली गाउँमा पस्दा सडक, भवन र पसल हिलोले पुरिएका छन्।

बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

७.८ किलो सेतो हेरोइनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले लाओसबाट बैंकक हुँदै नेपाल ल्याइएको लागुऔषध सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ४१.७८ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ।

पहिरोले गुल्मी र पाल्पाका सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

नेपाल सहभागी टप एन्ड टी२० श्रृंखला खेल्ने बांग्लादेश ‘ए’ टोलीको घोषणा

अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।

‘विपिन जोशीबारे शायद हमाससँग पनि उत्तर छैन होला’

‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’

कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन तयार, संसद्‌मा पेश हुँदै

छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।

लुम्बिनी र सुदूरपश्चिम भारी वर्षाको सम्भावना

दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

२४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा

आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

अमेरिकी प्रतिबन्धको विरोधमा ब्राजिलमा प्रदर्शन

प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।