भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मजदुरी गर्न गएका जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन्।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलालाई नागरिकता जारी गर्ने निकायले नजिरका रूपमा नमान्दा कार्यान्वयनमा समस्या आएको पाइएको छ।
मिर्गौला दिन इन्कार गरेपछि गिरोहले सबै खर्च तिर्नुपर्ने भन्दै धम्की दिए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा पीडितको बायाँ मिर्गौला निकालेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशसभाको बिहीबारको बैठकबाट गैरसरकारी विधेयकका रूपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ।
न्याय परिषद्ले विभिन्न उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति र पदस्थापन सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भाषा आयोग सदस्यमा प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय हुँदा अर्कै कृष्णप्रसाद न्यौपानेले नियुक्ति पाएको विषयमा अख्तियारले संस्कृति मन्त्रालयसँग जवाफ मागेको छ।
सरकारले जलवायु परिवर्तनका समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय सहयोगको प्रभावकारी परिचालन गर्नका लागि नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरेको छ।
गाईजात्रा
‘मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।’
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।
विगत पाँच वर्षदेखि कार्यविधि नल्याउँदा वन व्यवस्थापन, जीविकोपार्जन, सामाजिक सेवा र संस्था सञ्चालनमा समस्या आइरहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए।
सन् २०२१ मा बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता भएयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
नेपाली नागरिकलाई भारतका विभिन्न शहरमा पुर्याएर मिर्गौला झिकी बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँ र काभ्रेबाट २-२ जनालाई पक्राउ गरेको छ।
खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्।
मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
झन्डै साढे ३ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै १ वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ। अर्को मुद्दामा सजाय निर्धारण भएको छैन।
मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।