AnonymousUser

Logout

अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने

यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।

इजरायली आक्रमणमा परी अल जजिराका ४ पत्रकारको मृत्यु

अल–शरीफलाई कुनै दिन रिपोर्टिङ गर्दागर्दै इजरायली आक्रमणमा पर्छु भन्ने थाहा थियो। त्यसैले उनले आफ्नो मृत्युकाे दिन प्रकाशित हुने गरी गत अप्रिलमा अन्तिम सन्देश लेखेका थिए

देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

रकम अपचलन गरेको आरोपमा महालक्ष्मी विकास बैंकका ४ कर्मचारी पक्राउ

बैंकको रकम ‘वन एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चार कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खोटाङमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित सापातेलमा मृत फेला परेका दुई बालबालिकाको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान शुरू गरेको छ।

औषधिको मूल्य संशोधनमा प्रक्रिया नपुर्‍याएको भन्दै उच्च अदालतबाट विभागको निर्णय बदर

कानूनबमोजिम प्रक्रिया पूरा नगरी औषधिको मूल्य घटाबढ गरेको भन्दै उच्च अदालतले औषधि व्यवस्था विभागको निर्णय बदर गरिदिएको छ।

गैँडाकोटमा ट्रक र स्कुटर ठोक्किँदा चालकसहित २ जनाको मृत्यु

स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नुहाउने क्रममा महाकाली नदीमा २ बालिका बेपत्ता

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरीनजिक महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।

सडकमै केराको बोट रोपेर विरोध

अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको ‘च्यामासिंह–ताथली–नाला’ सडकको दुरवस्थापछि स्थानीय बासिन्दाले सडकमै केराको बोट रोपेर विरोध गरेका छन्।

सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी

सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

भरतपुर आँखा अस्पतालमा उपचार गर्न आउनेमध्ये ९० प्रतिशत भारतीय बिरामी

भारतीय सीमाबाट १०० किलोमिटर टाढासम्मका बिरामीहरू आँखाको उपचारका लागि भरतपुर आँखा अस्पतालमा आउने गर्छन्।

एशिया कप छनोट: उत्तर कोरियासँग पराजित भएसँगै बाहिरियो नेपाल

एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।

गाजामा इजरायली आक्रमणबाट सहायताको पर्खाइमा रहेकासहित ३७ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाको गोली प्रहारबाट सहायता लिन पर्खिरहेकाहरूसहित ३७ जनाको मृत्यु भएको छ।

रामेछापमा सवारी दुर्घटना: १ जनाको मृत्यु, १ गम्भीर

मन्थली नगरपालिका–६ बोक्से पहरोस्थित सडकबाट खसेको करिब १०० मिटर तल तामाकोशी नदी किनारमा पुगेको छ।

‘क्याट क्याफे’को आकर्षण [तस्वीरहरू]

क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। क्याफेको मुख्य आकर्षण हो, ‘क्याट रुम’। जहाँ प्रवेश गर्न ५०० रुपैयाँ तिर्नुपर्छ।

कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना छ।

कैलाली कारागार घटना: गम्भीर घाइतेलाई काठमाडौँ ल्याइँदै

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर पठाइएको छ।

पहिरोले सुपर न्यादी आयोजनाका १ कामदारको मृत्यु, ३ घाइते

लमजुङमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक

दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।