AnonymousUser

Logout

कला प्रदर्शनी

कला प्रदर्शनी अवलोकनमा नेतादेखि कलाकारसम्म

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ अन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना प्रदर्शनी मंगलबार सम्पन्न भएको छ। जेठ २५ गतेबाट शुरू भएको प्रदर्शनी मंगलबार रास्वपा सभापति रवि लामिछानेले अवलोकन गरेपछि सम्पन्न भएको हो। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, नेतृ हिसिला यमि लगायतका नेताहरूका साथै केही कलाकारले पनि प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा राजनीतिक व्यंग्यदेखि समसामयिक चित्रकला, हस्तकला, वास्तुकला राखिएको थियो। महिलाका मुद्दा, बालबालिकाको मानसिकता, जलवायु परिवर्तनले पृथ्वीमा परेको असर, बसाइँसराइ लगायतका विषयमा कला कुँदिएका थिए। ६१६ जना कलाकारको ६७९ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा अहिलेसम्म ललितकलाका विविध पुरस्कार जित्न सफल कला पनि राखिएको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

सावित्राले इजरायली क्लब हापोएल रानानाबाट खेल्ने

नेपाली राष्ट्रिय टोलीको लागि सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।

लेखकले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काइँला

बैरागी काइँलाले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गरे।

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण: पर्यटनमन्त्री

निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको पर्यटनमन्त्री किराँतीले बताएका छन्।

ट्याक्सीको वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

यातायात व्यवस्था विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको छ। 

नागरिकता विधेयकविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले समय गुजारेर थाँती राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए। 

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

महिला इमर्जिङ टिम्स एशिया कप: पाकिस्तानसँग नेपाल ९ रनले पराजित

८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रन जोडिन्।

मर्ज हुन चाहने क्याम्पसका लागि त्रिविद्वारा निवेदन आह्वान

देशभर ३०० निजी, २१८ सामुदायिक र २१ आंगिक क्याम्पसमा १०० जनाभन्दा कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।

भक्तपुरमा सम्पन्न पुरुष भलिबलको उपाधि गणतान्त्रिक खेलकुद महासंघलाई

पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिक त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले विजयी भयो। आयोजक ओमश्रृजनसिल समाजलाई पाखा लगाउँदै न्युटन एकेडेमी तेस्रो बन्यो। 

दक्षिणी पाकिस्तानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु, ६ घाइते

पाकिस्तानको कश्मोर जिल्लाको कान्धकोट क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

सहकारीका बचतकर्ताको २० करोडभन्दा बढी रकम ठगी

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ।

मनसुन भित्रिन अझै समय लाग्ने, तराईमा चार दिनसम्म लूको सम्भावना

महाशाखाले तराईका भूभागहरूमा आगामी चार दिनसम्म तातो हावा अर्थात् लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

बजेटले अर्थतन्त्रका समस्या चिनेन, कार्यान्वयन हुन सक्दैन : विष्णु पौडेल

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान अर्थतन्त्रका चुनौती नचिनेकाले बजेट कार्यान्वयनमा आउन नसक्ने बताएका छन्।

प्युठानमा कार दुर्घटना हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु

प्युठानमा कार दुर्घटना हुँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ।

देवेन्द्र पौडेल भन्छन्– प्रधानमन्त्री दाहाललाई मनोवैज्ञानिक तनाव दिन मुद्दा हालियो, प्रतिवाद गर्छौं

माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएकाहरूले प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा हालेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका छन्।

आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ, आन्तरिक उत्पादन बढाउन आलु–प्याजमा कर : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक जनताले सांसदसँग अपेक्षा गरेकाले त्यही अपेक्षाअनुसार सांसदले सिफारिस गरेकै आधारमा सबैलाई बराबर अधिकार हुने गरी संसद् विकास कोष ल्याइएको प्रस्ट्याएका छन्।

प्रधानमन्त्री दाहालपत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ।

नेप्से ७.७९ अंकले बढ्यो, २ अर्ब ८८ करोडको शेयर कारोबार

सोमबार २८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ मा को कारोबार भएको छ।

तीन सिजनपछि रियल मड्रिड फर्किए डियाज

स्पेनिस मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्।