AnonymousUser

Logout

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटीलाई च्याम्पियन बनाउन रोड्रीले गरेको गोल नै निर्णायक बन्यो। 

काठमाडौँमा यौनिक अल्पसंख्यकको गौरवयात्रा

विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।

दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। 

माधव नेपालले भने– नेकपा ब्युँताउन तयार छु

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्। 

श्रीलंकाले हटायो थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध 

श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

भारत भ्रमणमा नेपालको पक्षमा चुइँक्क पनि बोलिएन: ओली

प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ। 

मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई हरायो, संकटा र एनआरटीको बराबरी

मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।

कोलम्बियाको जंगलमा हराएका ४ बालबालिकाको ४० दिनपछि उद्धार

बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए। 

कांग्रेस बलियो नभए प्रजातन्त्र संकटमा पर्छ: देउवा

पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।

रास्वपामाथि घेराबन्दी भइरहेको छ: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानले अबको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट आफ्नो पार्टीप्रति घेराबन्दी भइरहेको बताएका छन्।

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

कांग्रेस न‍ेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।

गौरव महिना

काठमाडौँमा मनाइयो गौरवयात्रा

विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना प्राइड मन्थका रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। काठमाडौँमा शनिबार गौरवयात्राको आयोजना गरिएको छ। सबै समुहका युवायुवतीहरू शान्तिबाटिकामा भेला भई यात्रानारायण चौरमा पुगेका थिए। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ। लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। \n

सांसद पदबाट राजीनामा घोषणा गर्दै बोरिस जोन्सनले भने– पार्टीगेट अध्ययन प्रतिवेदन पूर्वाग्रही

विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।

झन‍्भन्दा झन् गर्मी [तस्वीरहरू]

गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।

तराईमा केही दिन तापक्रम बढ्ने, लुबाट जोगिन अनुरोध

तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मस्कोमा ड्रोन फ्याक्ट्री बनाउन इरानले रुसलाई सहयोग गरिरहेको छ: ह्वाइट हाउस

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।

दलहरूको एकमत : जिल्ला निर्वाचन कार्यालय खारेजी गैरसंवैधानिक

निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने सरकारको प्रस्ताव गैरसंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसलाई समर्थन गर्न नसक्ने धारणा राखेका छन्।

खुमलटार भर्सेस चर्च ब्वाइज : रेफ्रीमाथि हातपात, तनावमा सकियो खेल

अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।

करका नयाँ व्यवस्था एक वर्षपछि मात्र लागू गर्न पर्यटन व्यवसायीको माग

पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन एक वर्षपछि मात्र नयाँ करका दर लागू गर्ने व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्।

ट्रम्पमाथि गोप्य दस्ताबेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग

राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।