विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले सांसद पदबाट राजीनामा दिएका छन्। पार्टीगेट अध्ययन प्रतिवेदनको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि उनले टोरी सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन्।
सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।
जोन्सनले उक्त अध्ययनको प्रतिवेदनबारे प्रतिक्रिया दिँदै आफूलाई निष्कासन गर्न खोजिएको बताएका छन्। समितिले जोन्सनले हाउस अफ कमन्सको अखण्डतामाथि प्रश्न उठाएको बताएको छ। समितिले अध्ययनका क्रममा सदनको प्रक्रिया र म्यान्डेटलाई पालना गरेको दाबी गर्दै सोमबार बैठक बसेर प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।
जोन्सनले आफ्नो राजीनामासम्बन्धी वक्तव्यमा अध्ययन समितिको प्रक्रियालाई ‘कंगारु अदालतको अवधारणा’को संज्ञा दिएका छन्। उनले बिहीबार अध्ययन समितिको प्रतिवेदन प्राप्त गरेलगत्तै अध्ययनमा पूर्वाग्रहको गन्ध देखिएको भन्दै असन्तुष्टि व्यक्ति गरेका थिए।
उनले गत मार्चमा समितिसमक्षको सुनुवाइका क्रममा प्रमाण पेश गर्दा संसद्लाई भ्रममा पारेको स्वीकार गरेका थिए, तर उनले नियतवश त्यस्तो नगरिएको दाबी गरेका थिए।
जोन्सनले शुक्रबार राति जारी गरेको वक्तव्यमा आफूले झूट नबलेको र समितिलाई पनि यसबारेमा थाहा भएको आफ्नो विश्वास रहेको उल्लेख गरेका छन्। उनले समितिले शुरूदेखि तथ्य जेसुकै भए पनि आफूलाई दोषी ठहर्याउने उद्देश्य राखेको आरोप लगाएका छन्।
उनले वर्तमान सरकार दिएको निर्देशनको पनि आलोचना गरेका छन्। उनले राजनीतिमा फर्कने सम्भावनालाई नकारेका भने छैनन्। उनले भनेका छन्, “अहिलेका लागि संसद्बाट बाहिरिनु निकै दुखद हो।”
पार्टीगेट प्रकरणको अनुसन्धानको नेतृत्व गरेकी पूर्ववरिष्ठ सरकारी कर्मचारी सु ग्रेको पनि आलोचना गरिएको छ। त्यस्तै, उनले लेबर सांसद ह्यारिएट हरमनको अध्यक्षतामा रहेको समितिले पूर्वाग्रह र अप्रजातान्त्रिक तरिकाले आफूलाई हटाउन खोजेको देख्दा आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्। उनले ब्रेक्जिटको बदला लिन र सन् २०१६ को जनमत संग्रहको परिणाम उल्टाउन यस्तो गरिएको समेत उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
