AnonymousUser

Logout

सगरमाथा

यसरी हुँदैछ सगरमाथा आरोहण

वसन्त ऋतुको सगरमाथा आरोहण शनिबार शुरू भएको छ। आरोहण शुरू भएसँगै आइतबार बिहान पाकिस्तानी र अमेरिकी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आधारशिविर आसपास १०० जनाभन्दा बढी आराेहणका लागि प्रतिक्षारत रहेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार यो सिजन सगरमाथा आरोहणका लागि ४६७ जनाले अनुमति लिएका छन्। तस्वीर: विवेक पाण्डे

जेठ ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको  बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।

बजेट बनाउँदा मन्त्रीले आफूहरूसँग छलफल नगरेको सांसदहरूको गुनासो

सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दलका शीर्ष नेताहरूबीच छलफल

‍बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।

विदेशमा ६ महिना काम गरेर फर्किनेले मात्र दुई वटा मोबाइल ल्याउन पाउँछन् : भन्सार विभाग

भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको छ।

नेप्से १६.९६ अंकले घट्यो, ९० करोडको कारोबार

आइतबार कूल २७ लाख ८८ हजार ८१५  कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भयो

मुक्तकमैया, हलिया, कमलरीको पुनर्स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

ज्ञापनपत्रमा मुक्तकमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ। 

चक्रवात ‘मोचा’का कारण बंगलादेश र म्यानमार प्रभावित

बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा १८०–१९० किलोमिटर प्रतिघण्टाको गतिमा आइतबार बिहान मोचा चक्रवात प्रवेश गरेको बताइएको छ।

पाथीभराको भेटी सात करोड १० लाख रुपैयाँ

भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट पाथीभरामा हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ। 

संसद्लाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ। 

क्रिकेटबाट मसाजमै फर्किएका सन्तोष

समाजमा मसाज भन्ना साथ गलत हो भन्ने भ्रमलाई चिरेर, ‘स्वास्थ्य विषय’ हो भन्ने कुरा बुझाउन दृष्टिविहिन खेलाडीको प्रयास

नेविसंघको प्रश्न– सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?

 नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेको हो।

सुर्तीजन्य पदार्थमा कर बढाएर विपन्न नागरिकको उपचारमा खर्च गर्छौं: स्वास्थ्यमन्त्री

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन लागिरहेको बताएका छन्।

पाकिस्तानी र अमेरिकी महिलाले गरे सगरमाथा आरोहण

आइतबार बिहान पाकिस्तानकी नाइला कियानी र अमेरिकाकी जेसिका राय बेडेलले सगरमाथा आरोहण गरेका छन्। 

कर्नाटकमा कांग्रेसलाई बहुमत, भाजपा ६५ सिटमा खुम्चियो 

आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ। यहाँ सरकार बनाउन ११३ सिट आवश्यक पर्छ।

पन्जाबले दिल्लीलाई ३१ रनले हरायो, प्रभसिमरनको शतक

अरुण जेट्ली स्टेडियममा पन्जाबले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनायो।

कर्नाटक विधानसभा निर्वाचनमा कांग्रेस ३ सिटमा विजयी, १२९ मा अग्रता

कर्नाटक विधानसभामा भारतीय कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ। 

आर्मीसँग चर्च ब्वाइज पराजित, थ्री स्टारविरुद्ध मछिन्द्र विजयी

आर्मीले 'ए' डिभिजन लिगको उपाधि दाबेदार चर्च ब्वाइजलाई पराजित गर्दा अर्को खेलमा मछिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ।

गठन्धनको राष्ट्रविरोधी नीतिले अर्थतन्त्र संकटतर्फ धकेलिएको एमालेको आरोप, चर्चित सबै काण्डहरू छानबिन गर्न आह्वान

सरकारले फजुल खर्च रोक्न नसक्दा सामाजिक सुरक्षा भत्तासमेत भुक्तानी गर्न नसक्ने परिस्थिति बनेको एमालेको आरोप छ।

देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।