सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।
वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको राप्रपाको ठहर छ।
सांसद यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशंका व्यक्त गरे।
प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
निगरानी समितिले सरकारले अदालतमा फौजदारी अपराधको कसुरमा मुद्दा चलेका राजनीतिक दलका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिई माफी दिने उद्देश्य राखी ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ।
सफाइका लागि गएको नेपाली सेनासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। आरोहण टोलीमा रहेका पाँच सैनिक र पाँच शेर्पासहित १० जना सोमबार बिहान १० बजे शिखरमा पुगेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगले अनन्तमायालाई परिवारले घरमै थुनेर राखेको ठहर गर्दै उनको मानव अधिकारको संरक्षण गरी त्यसको जानकारी आयोगमा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको छ।
थाइल्याण्डमा पछिल्लोपटक सन् २०१४ मा सैन्य 'कू' हुँदा स्थापना भएको प्रगतिशील मुफ फरवार्ड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दल भएको छ। 'कू'बाट सत्तामा पुगेका चान–ओ–चाको दल भने पाँचौँ स्थानमा खुम्चिएको छ।
पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँचीबाट बुटवल आएका रायमाझी त्यहाँबाट फरार भएका थिए। उनी पोखरास्थित आफन्तको घरमा बसेको खुलेको छ। पोखराबाट काठमाडौँ आएलगत्तै उनी पक्राउ परेका हुन्।
चार खेल खेल्न बाँकी हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा इस्पानियोललाई पराजित गरेपछि बार्साले रियल मड्रिडसँगको दूरी १४ अंक कायम गर्दै उपाधि निश्चित गरेको हो।
हाल पश्चिमी वायु र स्थानीय वायुको असरले मौसम सामान्य प्रभावित भए पनि बंगालको खाडीमा विकसित भएको मोखा नामको चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहेको जनाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति लिन सोमबार अदालत लगिँदैछ।
इंलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा आर्सेनल घरेलु मैदानमा ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित भएपछि म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ।
सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
‘अयोग्य लडाकु’लाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ।
तीन दिनभित्र न्याय सेवा आयोगबाट भएको सरुवा संशोधन नभए सर्वोच्च प्रशासन महाशाखामा तालाबन्दी गर्ने र संयुक्त आन्दोलन गर्ने चेतावनी कर्मचारी युनियनहरूको छ।
नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ।
रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।