सफाइका लागि गएको नेपाली सेनासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। आरोहण टोलीमा रहेका पाँच सैनिक र पाँच शेर्पासहित १० जना सोमबार बिहान १० बजे शिखरमा पुगेका हुन्।
काठमाडौँ- सगरमाथा सफाइका लागि गएको नेपाली सेनाको टोलीले सफल आरोहण गरेको छ। पाँच सैनिकसहित १० जना सोमबार बिहान शिखरमा पुगेका हुन्।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको 'सफा हिमाल अभियान, २०२३' अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोली सगरमाथाको चुचुरोमा पुगेको हो। उक्त समूहको नेतृत्व प्रमुख सेनानी किशोर अधिकारीले गरेका थिए। उनीसहित सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु सोमबार बिहान १०:०५ बजे चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ।
उनीहरूसँगै सफाइ अभियानमा सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन्। यो टोलीले सगरमाथा र ल्होत्सेमा उठाएको फोहोर आधार शिविर ल्याउने छ।
यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा सेनाको अन्नपूर्ण सफाइ टोलीका सदस्यले उक्त हिमालको सफल आरोहण गरेको थियो।
गत चैत १४ गते जङ्गी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी 'सफा हिमाल अभियान' शुरू गरेका थिए। उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ।
हालसम्म ३२ हजार ३११ किलो फोहर संकलन भइसकेको छ। यो अभियान विश्ववातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
