दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलमाथि ४–१ को सानदार जित दर्ता गरेको छ।
उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समूह 'ए'को आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ३६७ रनको विशाल लक्ष्य दिएको ओमान ७२ रनले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। यो समूहबाट नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
मुख्य सडक खन्ने अनुमति नपाउँदा तार भूमिगतको कामले चार वर्षसम्म पनि गति लिन नसकेको विद्युत प्राधिकरणले जनाएको छ। तर, खनेका सडक सहमति बमोजिम प्राधिकरणले नबनाएको भौतिक पूर्वाधार मन्त्रालयको आरोप छ।
देवकोटाले प्रतिनिधिसभामा सदस्य संख्या १६५ र प्रदेशसभाको संख्या ३३० मात्रै कायम गर्न सुझाव दिएका छन्।
यूएई बहराइनलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको विजेता बन्न भने यूएईले हङकङ र कुवेतबीच हुने खेल कुर्नुपर्ने भएको छ।
खेलौनाले हरेक बालबालिकाको प्रतिनिधित्व गराेस् भन्ने प्रयासस्वरूप ‘डाउन सिन्ड्रम’ बार्बी डल बजारमा ल्याएको कम्पनीले जनाएको छ।
रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाउने चलन छ।
मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनका कारण मुलुक धराशायी बन्दै गएको बताएका छन्।
युक्रेनले रुससँगको युद्धका लागि ड्रोन उत्पादन तीव्र पारेको छ। साथै, ड्रोन आयातसम्बन्धी नियमलाई खुकुलो पार्दै यसका पार्टपुर्जा र उपकरणमा लाग्ने करसमेत छुट गरेको बीबीसीले जनाएको छ।
विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन हुँदैछ। यो चलचित्रले द्वन्द्वकालीन समयको कथा बोकेको छ।
दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
नरेन्द्र मोदी स्टेडियममा २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनायो।
यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रुस सोभियत संघको कालखण्डमा भन्दा बढी सहयोग र सम्बन्ध बिस्तार गर्न तयार रहेको बताएका छन्।
कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। मलेसियाका सैयाद अजिजले सर्वाधिक ८० रन बनाए। उनले ६६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले एनआरटीलाई र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।
मन्त्रिपरिषद्को बैठकले काठमाडौँ—तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ।
सांसदहरूले उपनिर्वाचनको मतपरिणामले ठूला र पुराना दलहरू रूपान्तरण हुनुपर्छ भन्ने आवाज सशक्त बनेको बताएका छन्।
नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।