जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।
बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।
थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।
फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।
एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।
गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दिन लागेको ‘ट्याक्टिल ट्रेनिङ’ प्रशिक्षणका लागि २८ खेलाडी डाकिएको छ।
कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। हुम्ला र मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।
युक्रेनको हवाई रक्षा प्रणालीले २३ मध्ये २१ वटा क्षेप्यास्त्र र दुई वटा ड्रोनलाई हानेर खसालिदिएको अधिकारीहरूले जनाएका छन्।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी वित्त व्यवस्थापनमा चुनौती देखिएपछि अनुदान रकम कटौती गर्ने निर्णय गरेको थियो।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्।
युद्धविरामका बाबजुद राजधानी खार्तुममा भिडन्त जारी छ। त्यहाँको अवस्था जतिबेला पनि खराब हुनसक्ने ह्वाइट हाउसले जनाएको छ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा सांसद कोइरी फरार छन्।
महानगरले विद्यालयमा राजनीतिक दल र भ्रातृ संगठनको कार्यक्रम गर्न दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ।