लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो।
'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दीलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिँदा मछिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
सुडानको अर्धसैनिक समूहले राष्ट्रपति भवन, सेनाको मुख्यालय र खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ।
ओमानले दिएको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
फूलैफूलको मौसम
काठमाडौँ उपत्यका सडक किनारमा फुलेका फूलले ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर, त्यहीबीच फुलेका रंगीचंगी फूल र हरियालीले संघीय राजधानीलाई मनमोहक बनाएको छ। सडकसँगै नदी किनार, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ। पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन्। चेरी र आरु फूलको दृश्यमा यात्रुहरू रमाइरहेका देखिन्छन्। तस्वीर : न्युज एजेन्सी नेपाल
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।
वाकायामा आयोजित चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको थियो। उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ।
इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी चार जनालाई फाँसीको सजाय भयो। थप १०० जना प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने सक्ने भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।
खड्ग गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्।
नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू हुन्छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।
निमोनिया संक्रमण भएपछि राधादेवीलाई उपचारका लागि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, वासुदेव त्रिपाठी, ध्रुवचन्द्र गौतम, तीर्थबहादुर श्रेष्ठ, तोया गुरुङ, तुलसी दिवसलगायत ११ जनाले रिट निवेदनमा सम्मानवापत दिइएको मासिक रकम पाउनुपर्ने जिकिर गरेका छन्।
गोली चलाउने सहायक हवल्दार प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्। वर्षामान पुनको नातेदार रहेका उनी नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए।
बिस्केट जात्रा
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। यस जात्राको अवसरमा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरू भएको थियो।
पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित तानतिङ गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।
अपराह्नपछि हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।
गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।