AnonymousUser

Logout

सगरमाथा आरोहणका लागि बाटो बनाउने क्रममा हिउँमा पुरिएर ३ शेर्पा गाइड बेपत्ता

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार बुधबार बिहान क्याम्प–१ र क्याम्प–२ बीच हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्। 

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैंकर्स संघकाे बुधबारकाे बैठकले बैशाख १ देखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत खाताकाे ७.९ प्रतिशत बनाउने निर्णय गरेकाे छ।

एमाले संसद् विघटन गर्ने दाउमा छ : माधवकुमार नेपाल

मन र विचार मिल्नेसँग एकताका लागि तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस्तो सम्भावना नरहेको अध्यक्ष नेपालले बताएका छन्।

२८ करोडमा बिक्री भयो जोर्डन जुत्ता

विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएको जुत्ता २२ लाख डलर बिक्री भएको छ। अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले याे जुत्ता लिलामीमा राखेकाे थियाे।

फेयर ब्रेक टी–२० क्रिकेट :  रुविना बनिन् ५  विकेट लिने पहिलो एसोसिएट बलर

रुविना फेयर ब्रेक टी–२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने चौथो खेलाडी हुन्। उनी जारी प्रतियोगिता पाँच विकेट लिने पहिलो बलरसमेत हुन्।

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान जारी

महासंघको वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्। 

अडियो प्रकरण : रास्वपाको केन्द्रीय समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने 

नेताहरू चुनावी अभियानमा रहेकाले बैठक पाँच घण्टा सारिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु  

बैतडीबाट बझाङ जाँदै गरेको जिप गएराति साढे ११ मा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित 

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको छ। 

मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। 

आईएमएफको प्रक्षेपण : सन् २०२३ मा बेलायती अर्थतन्त्र खराब स्थितिमा रहन्छ


बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।

ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीको दबाब, गभर्नर भन्छन् – राष्ट्र बैंकको हातमा छैन

ब्याजदर घटाउन केन्द्रीय बैंकमाथि प्रधानमन्त्री र अर्थमन्त्रीको दबाब पर‍ेको छ। तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ब्याजदर घटाउने वा बढाउने आफूहरूको हातमा नहुने बताउँछन्।

म्यानमार सेनाको हवाई कारबाहीमा ५३ जनाको मृत्यु, कैयौँ घाइते

म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।

जियेचलाई भित्र्याउने होडमा टोटनह्यामसँगै वेस्टह्याम र फुलह्याम

चेल्सीले ३० वर्षीय जियेचका लागि २० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी सन् २०२० मा आयाक्सबाट ३३.३ मिलियनमा चेल्सी आएका थिए।

माओवादी केन्द्रले एमाले सहितका दलहरूकै सहमतिमा विधेयकहरू पारित गराउन प्रयास गर्ने

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमाले सहितका दलहरूकै सहमतिमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्।

जिम्मेवारीबोध गरी काम गर्न काठमाडौँ महानगरका मेयर शाहलाई सरकारको आग्रह

मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।

एसीसी प्रिमियर कप : अहमदको कप्तानीमा मलेसियाको टोलीको घोषणा

मलेसिया क्रिकेट एसोसिएसनले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ९४ करोडमा खुम्चियो

कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।

ए डिभिजन लिग : आर्मीको तेस्रो जित

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।