AnonymousUser

Logout

नर्दन आइरल्यान्डको ब्रेक्जिट सम्झौताका लागि सबथोक गर्ने छौँ : सुनक

बेलायती प्रधानमन्त्री सुनकले ब्रेक्जिट प्रकियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताएका छन्।

उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ

उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ। 

प्रधानमन्त्रीले रोके जेनेभा उड्न लागेकी परराष्ट्रमन्त्रीलाई, मन्त्री भन्छिन्– ‘विडम्बना’

मन्त्री पौड्यालले आफ्नो भ्रमण रोकिएको विषयलाई विडम्बना भएको बताइन्।

चन्दसहित क्यान कार्यसम्पादन समिति सदस्यलाई निलम्बन गर्न राखेपलाई ७ केन्द्रीय सदस्यको पत्र

क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानका अध्यक्षले विधान उल्लंघन गरेको दाबी गर्दै राखेपलाई ७ केन्द्रीय सदस्यले पत्र बुझाएका छन्।

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले सन्दीप लामिछानले विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

केपी ओली कप : वर्षा भएपछि रोकियो आर्मी र सातदोबाटोबीचको खेल

पानी परेपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल स्थगित भएको छ।

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५२ करोडको कारोबार

आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूलो कचौरामा दुधभात पाएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन : ओली [भिडियो]

एमाले अध्यक्ष ओली विदेशी शक्तिदेखि देशभित्रकै प्रतिक्रियावादीले आफू र आफ्नो पार्टीलाई खेदिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

ओलीको टिप्पणी– ‘सहयोद्धा, शहीदलाई धोका दिनेले मलाई दिनु ठूलो कुरा भो र!’

एमाले अध्यक्ष ओलीले सहयोद्धा र शहीदहरूलाई धोका दिने व्यक्तिबाट आफूले धोका पाउनु कुनै ठूलो विषय नभएको बताएका छन्।

जनतालाई धोका दिनेहरूलाई बिस्तारै दुनियाँले चिन्दै जान्छ: ओली [भिडियो]

एमाले अध्यक्ष ओलीले जनतामाथि धोका र बेइमानी गर्नेहरूलाई बिस्तारै संसारले चिन्दै जाने बताएका छन्।

जी–२० बैठकमा पनि रुसलाई चीनको बलियो समर्थन

जी–२० सम्मेलनमा टर्कीको भूकम्प, न्यून र मध्यम आय भएका देशहरूको ऋण, विश्वको कर प्रणाली र खाद्य सुरक्षा लगायत विषयमा छलफल भएको छ।

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।

लिग-२ : नेपाल र पपुवा न्युगिनीविरुद्ध खेल्ने यूएईको टोली घोषणा

इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

पेरिस ओलम्पिक : एशियाली छनोटअन्तर्गत महिला फुटबलको समूह 'सी'का खेल नेपालमा

सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।

हिउँद

तस्वीरमा हिउँदे वर्षा

काठमाडौँ उपत्यकासहित देशभर लामो समयपछि वर्षा भएको छ। आइतबार दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको हो। पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलो गरी भित्रिएको हो। आज देशभर विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम विभागले जनाएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, उवा लगायतका बालीका लागि फलदायी मानिन्छ।  हिउँदे वर्षाले सिँचेको जमिनबाट बिरुवालाई वसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुने बताइन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू हुर्कने र बाली सप्रने गर्छ। 

‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदैछ’

जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दुखी हुने, निन्द्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ। 

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज बस्ने राष्ट्रियसभा बैठकले विषयगत समिति सदस्यहरूको मनोनयन गर्नेलगायत कार्यसूची छ।

तोरीबारी

पहेँलपुर खोकना

ललितपुरमा पर्ने खोकना-बुंगमती क्षेत्रमा तोरी पहेँलपुर देखिएको छ। यो क्षेत्र तोरीको तेलका लागि प्रसिद्ध छ।

विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले विभिन्न हातहतियार र अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरूलाई एमालेको पत्र

एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।