AnonymousUser

Logout

सरकारमा सहभागी भएको ६४ दिनपछि एमालेका मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजनीमा बुझाएका छन्। एमाले ६४ दिनमै सरकारबाट बाहिरिएको छ।

पूर्वराष्ट्रपति यादवले राज्यकोषबाट लिए २५ लाख रुपैयाँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।

लिग-२ : पपुवा न्यू गिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ।

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

खानेपानीमन्त्री अब्दुल खानले खानीपानी संस्थाहरूमा राजनीति नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णीत

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

सातदोबाटो केपी ओली कपको फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।

प्रचण्ड सुध्रिन्छन् कि भनेर प्रधानमन्त्री बनाएँ तर विश्वासघात गरे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डलाई कहिल्यै सुध्रिन नसक्ने व्यक्ति भएको टिप्पणी गरेका छन्।

एमाले बाहिरिएसँगै दाहाल सरकार अल्पमतमा

एमाले र राप्रपा बाहिरिएसँगै अब सरकारलाई समर्थन गर्ने सांसद संख्या ७६ मात्रै रहेको छ। 

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता लिने निर्णय

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

इटालीको तटीय क्षेत्रमा डुंगा डुब्दा ५९ जनाको मृत्यु, कैयौँ बेपत्ता

भूमध्यसागर यात्राका क्रममा सन् २०१४ यता मात्रै मृत्यु र बेपत्ता हुने मानिसको संख्या २० हजार नाघेको अनुगमनकारी समूहहरूको तथ्यांक छ।

राजेन्द्र लिङदेन भन्छन्–  आर्थिक र भूराजनीतिक दृष्टिबाट देश चेपुवामा छ

आफू छोटो समय सरकारमा देश बनाउन सकिने र बन्ने कुरा थाहा पाएको लिङदेनको भनाइ छ। 

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक मध्यान्ह १२ः३१ बजेबाट तथा प्रतिनिधिसभाको बैठक १ बजेबाट शुरू हुने कार्यक्रम रहेको छ।

हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै शुरू भयो होली

मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।

परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेपछि एमालेले बोलायो सचिवालय बैठक, सरकारबाट बाहिरिन सक्ने

बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि निर्णय गर्ने एमालेले जनाएको छ।

अमेरिकामा भेटियो बोतलभित्र राखिएको ५० वर्ष पुरानो चिठ्ठी

चिठ्ठीमा ५० वर्षअघि एक पारिवारिक क्याम्पिङका क्रममा लेखिएको सन्देश रहेको छ। 

महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई 

अस्ट्रेलियाले दिएको १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

२०७९ फागुन १४, आइतबार

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागी परेको बताए।