AnonymousUser

Logout

केपी ओली कपको उपाधि मछिन्द्रलाई

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।

राष्ट्रपति निर्वाचनमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको छ।

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा एनेस नियुक्त

एन्फाले राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ।

ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई रिहा गर्न सर्वोच्चको आदेश

ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

संसद् सचिवालयको स्पष्टीकरण - राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभाको बैठक सारिएको बताएको छ।

सन्दीप लामिछाने लिग-२ खेल्न यूएई जाँदै

सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ खेल्न यूएई जाने भएका छन्।

तीन उपाध्यक्ष र ११ जना केन्द्रीय सदस्यले गरे एन्फा कार्यसमिति बैठक बहिस्कार

महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग गर्दै आएका एन्फाका तीन उपाध्यक्षसहित ११ जना केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन्।

पृथ्वीबहादुर शाहमाथि चारवटा मुद्दा चलाउन रायसहित सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

सीआईबीले शंकास्पदरूपमा विदेशबाट रकम भित्र्याएको लगायतका अभियोगमा व्यवसायी पृथ्वीबहादुर शाह र उनका सहयोगीमाथि विभिन्न चारवटा मुद्दा चलाउन राय दिएको छ।

तोकिएकै मितिमा लिग गर्न नसके एन्फासँग क्षतिपूर्ति माग्छौँ : ‘बी’ डिभिजन क्लब

शहीद स्मारक ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएकै मितिमा लिग आयोजना नभए एन्फासँग क्षतिपूर्ति माग्ने निर्णय गरेका छन्।

माथिल्लो त्रिशूली–१ जलविद्युतको डाइभर्सन सुरुङ निर्माण सम्पन्न

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

हङकङमा ९४५ दिनपछि हटाइयो अनिवार्य मास्कको नियम

सन् २०२० को जुलाई देखि लागू भएको अनिवार्य मास्कको नियम पालना नगर्नेले ६४० डलरसम्म जरिबाना तिर्नुपर्ने थियो।

बुमराहले आईपीएल गुमाउने

चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका बुमराहले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए।

युद्धमा लाग्दा सर्वसुलभ उपचारको सपना देखेका सरल सुमन, उपचार गर्न आफैँ जग्गा बेच्दैछन् 

गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।

प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्‍थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।

‘आर्थिक क्षेत्रसम्बन्धी बजेटका ५७ प्रतिशत बुँदामा प्रगति शून्य’

बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ बुँदामध्ये चालु आवको सात महिनामा ३६ बुँदाको प्रगति शून्य देखिएको छ।

कांग्रेस–एमाले दुवैले प्रतिपक्षी बेन्च दाबी गरेपछि १८ दिनलाई सर्‍यो संसद् बैठक

विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

पीएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्‍याएर इतिहास रचेका थिए।

ग्रिसमा रेल दुर्घटना : २९ जनाको मृत्यु, ८५ घाइते

ग्रिसको उत्तरी क्षेत्रमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएका हुन्। रेलमा ३५० जना सवार थिए।

क्याम्ब्रिज विश्वविद्यालयका कान्छा प्रोफेसर, जो १८ वर्षसम्म जान्दैनथिए पढ्नलेख्न

बेलायतका ३७ वर्षीय जेसन आर्डि क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी उक्त विश्वविद्यालयका कान्छा प्राेफेसर हुन्।