सरकारले जोशीमठमा घरबारविहीन भएका व्यक्तिलाई छ महिनाका लागि प्रतिमहिना ४ हजार भारुका दरले राहत दिने घोषणा गरेको छ।
न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ।
माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कोरोना भाइरसको संक्रमणका कारण शनिबार एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
टीयू क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा फारवेस्टले दिएको १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्रै बनाउन सक्यो।
राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको पाटनढोका पुगी मदन पुरस्कार पुस्तकालय र ललितपुरमै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहा: पोखरीको अवलोकन गरेकी छन्।
भुटनिज युथ स्पोर्स्ट्स क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आहा रारा पोखरा गोल्डकपको २२औँ संस्करणको उपाधि संकटा क्लबले जितेको छ।
कांग्रेस महामन्त्री थापाले संसद्का दोस्रो, तेस्रो लगायतका दलले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा पार्टीले सरकारलाई विश्वासको मत नदिने बताए।
राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छिन्।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन पार्टीका सांसदलाई २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित निर्देशन दिए।
१० खेलमा ५ जित निकाल्दै विराटनगर १० अंकका साथ नेपाल टी२० लिगको प्लेअफ पुगेको छ। समान खेलमा ४ जित निकालेको काठमाडौँको ८ अंक छ।
सिद्धार्थलाई बुद्धका रूपमा रूपान्तरण गर्न यशोधराको जति भूमिका छ, त्यो भूमिका तुलनात्मक रूपमा उल्लिखित अन्य पात्रको कम छ।
चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ।
इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको ज्ञापनपत्रमा ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा तेस्रो मुलुक पठाउन पहल गरिदिन आग्रह गरिएको छ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गरे। एक गोल उपहार पाएको थियो।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण चिसो बढेपछि हप्ता दिनयता तराईको जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मधेश प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।
मछिन्द्रले विमल घर्तीमगरसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको छ।
सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरूको बैठकले टुङ्ग्याएपछि सार्वजनिक गरिने भएको छ।
दर्ता भएका क्लबले माघ १५ गतेसम्म राष्ट्रिय क्लबको मापदण्ड पूरा गरेर लाइसेन्स लिनुपर्ने एन्फाले जनाएको छ।