AnonymousUser

Logout

श्रीलंकामा फेब्रुअरीमा निर्वाचन हुने

महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन्।

मन्त्रालय टुक्राउनेबारे सत्तागठबन्धनमा छलफल भएको छैन: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई छुने किसिमका काम भएनन् भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम आउने बताए।

प्रधानसेनापति वा रक्षामन्त्रीसँग भेट नदिएसम्म उपरथी शाही ‘भोक हड्ताल’मा बस्ने

उपरथी प्रेम शाहीलाई हिरासतमा लिएपछि सेनाले सैनिक मुख्यालयका तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।

जिल्ला प्रशासनहरूलाई गृहको परिपत्र– अवैध क्रसर उद्योग तत्काल बन्द गर्नू

गृहमन्त्रालयले देशभरका सबै जिल्ला प्रशासनहरूलाई अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्रीले मागे माधव नेपालसँग विश्वासको मत

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए।

सर्वोच्चको आदेश– ‘६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण नगर्नू’

सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्रचण्ड गठबन्धन नतोड्ने प्रतिबद्धताबाट पछि हटे, निर्णय गर्ने समय पनि दिएनन् : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए।

‘फुर्सदिला’ प्रधानमन्त्री, सिंहदरबारमा आफ्नै कार्यालय र भवन अवलोकन

प्रधानमन्त्री नियुक्त भएसँगै राजनीतिक भेटघाट, निर्देशन तथा अवलोकन-निरीक्षणलाई प्राथमिकता दिएका दाहालले बुधबार आफ्नै कार्यालयको अवलोकन गरेका छन्।

प्रशासन विज्ञ भन्छन्: नीति परिवर्तन नभई प्रधानमन्त्रीको निर्देशनले प्रशासन चल्दैन

लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले सरकारले निर्देशन दिनुभन्दा पहिला नीतिहरूमा सुधार ल्याउनुपर्ने बताएका छन्।

सरकारमा जाने निर्णय गर्न हतारिँदैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सरकारमा जाने/नजानेबारे हतारमा निर्णय नलिने बताएका छन्।

उद्योगी–व्यवसायीलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छ: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले उद्योगी–व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित उजुरी गर्न क्यानको आग्रह

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै टी-२० लिगका क्रममा म्याच फिक्सिङ भइरहेको जानकारी भए उजुरी दिन आग्रह गरेको छ।

सुदूरपश्चिममा पुस २७ सम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

पाँच महिनामा रसुवागढी नाकाबाट भित्रिए तीन सयभन्दा बढी सवारी साधन

चालू आर्थिक वर्षको पहिलो महिनादेखि हालसम्म रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारीसाधन आयात भएका छन्। आयातित सवारीसाधनमध्ये इलेक्ट्रिक कार सबैभन्दा बढी रहेका छन्।

काठमाडौँमाथि फराकिलो जित निकाल्दै लुम्बिनी क्वालिफायरमा

बुधबार काठमाडौँ नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ। 

प्रतितोला एक लाख दुई हजार ९०० पुग्यो सुनको मूल्य 

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।

प्रधानमन्त्री दाहालद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल गर्नुपर्ने सुधारका विषयका चासाे राखेका छन्। 

समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस, ३ बजे पत्रकार सम्मेलन  

नेपाली कांग्रेसले सरकारबाट बाहिरिएपछि आफ्नो धारणा सार्वजनिक गर्न पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

इच्छाकामना- ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताएकी छन्।

सरोज यादव एमाले मधेश प्रदेश संसदीय दलको नेता चयन

एमाले मधेश प्रदेश कमिटीको बैठकले सरोज यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको छ।