AnonymousUser

Logout

ग्रेट हिमालय ट्रेल पदयात्रा शुरू

ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङ बताउँछन्।

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुंगो छैन

मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख मेखराज ओझाले जानकारी दिए।

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा सुवास नेम्वाङ

सुन्तलाबारीका ९२ वर्षीय रनबहादुर लिम्बूले नेम्वाङलाई सम्झिँदै भने, “धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कसैले झगडा गर्‍यो भने ऊ रुन्थ्यो।” 

भोजपुरे खुकुरी संरक्षणमा जुटेका महेन्द्र, वार्षिक १० लाखसम्म कमाउँछन् 

खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। 

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, इलाम शोकमग्न

इलाम–१ का सांसद बस्नेतले इलामको मियो ढलेको प्रतिक्रिया दिएका छन्। देश र जनताका लागि नेम्वाङले पुर्‍याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ। 

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुई जनाको मृत्यु

उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए।

धनगढीमा २८ करोडकाे सभागृह प्रयोगविहीन

सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इका‍ई धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन।

वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।

सुनसान बन्यो कटारी बजार, पलायन भए व्यावसायी

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी जिल्ला आउजाउ गर्न सडक सजिलो भयो। गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोले बजारमा परिणत भयो। 

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

स्थानीय तहले सवारीसाधनमा जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने लगायत महासंघले विभिन्न माग राखेकाे छ।

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

मूल्य बढे पनि यस वर्ष फूल लाग्ने समयमा खडेरी लागेको, असिना परेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा भने ह्रास आउने कृषकको भनाइ छ। 

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

जंगली हात्तीले नष्ट गर्‍यो २० बिघामा लगाइएको धानबाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।

भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग, कानुन परिमार्जन गर्ने तयारी

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिग क्षेत्र

निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ।

चेपाङको न्वागी: पितृ बुझाउन रातभर झाँक्रीनाच, भूमिलाई धन्यवाद दिन माटो पूजा 

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। 

केरुंगेखोला पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

कावासोती नगरपालिका–३ र ४ जोड्ने पुल २०७७ असारमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दासमेत पूरा भएको छैन। 

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

प्रसूति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल ७०० शय्याको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पताललका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए। 

आँबुखैरेनीको ऐनापहरा: ढुंगाको आकृतिले तान्दै पर्यटक

ऐनापहरामा गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो र टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना पनि अगाडि सारेको छ।