सिमेन्ट उद्योगको प्रदूषणका कारण जुगेडीका करिब २३० जना प्रत्यक्ष मारमा छन्। उद्योग सञ्चालन गर्दा मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवाले फल दिन थालेका हुन्। यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन।
राष्ट्रपति रामचन्द्र पौडेलसँग मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
दावालाई साउन १३ गते राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनले २०७४ पुस २० गते नागरिकता लिएको खुलेको थियो।
नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ।
जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अंगरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले खोज्न समस्या भएको बताए।
गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या यकिन गर्दा ५९ सांसद मात्र उपस्थित रहेको पाइएपछि मंगलबारको संसद् बैठक स्थगित भएको थियो।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।
बागलुङका चर्चितमध्येका काठेखोला–३ धम्जास्थित बेलढुंगा सामुदायिक होमस्टे, अतिथि सत्कार होमस्टेलगायतमा पनि पाहुना कम पुग्ने गरेका छन्। होमस्टेसहित जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।
आयोजनाका लागि चालु आवमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ। यसमा शीतभण्डार निर्माणका लागि मात्रै छ करोड ६० लाख रुपैयाँ छ।
स्थानीयले आफूहरूको जीवनरक्षाका लागि मानवरहित बञ्चरेडाँडा ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलनमा जाने बताएका छन्।
मुख्यमन्त्रीहरूले प्रदेश सरकारलाई सबल नबाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण शुरू गरिएको हो।
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन्।
बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाको उम्मेदवारी परेको छ।
पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।