AnonymousUser

Logout

बेनीमा शुरू भयो परम्परागत ‘बर्खेनाच’, तिजसम्म प्रदर्शन हुने

नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।

गैँडाकोटको बसेनी गाउँ: पाखोबारीमा सुन्तला लगाएर व्यावसायिक बन्दै किसान

गैँडाकोटको बसेनी गाउँ १५ हजार सुन्तलाको बोटले हराभारा भएको छ। भिरालो र नांगो जमिनमा पनि किसानले व्यावसायिक रूपमा सुन्तला लगाएका हुन्। 

९० वर्षीय प्रेमबहादुर कक्षा १ मा, भन्छन्– केही सिकौँ भनेर पढ्न थालेको हुँ 

दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।  

प्याजमा कालोबजारी : पाँच व्यापारीलाई कारबाही, चारमाथि अनुसन्धान चल्दै

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० पुगेको थियो।

भक्तपुरको बाल सुधारगृहमा भएको झडपमा प्रहरीसहित २२ जना घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको झडपमा चार बालबन्दी, प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

दर्ता नभएका टिकट बुकिङ काउन्टर हटाउँदै काठमाडौँ महानगर

महानगर प्रहरीले चाबहिलमा अनधिकृत रूपमा निर्माण गरिएका १० काउन्टर डोजर लगाएर भत्काएको जनाएको छ।

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित, पाल टाँगेर सुरक्षित ठाउँमा स्थानान्तरण

पहिरोले गाउँको सम्पर्कविच्छेद गराएको र धेरै घर जोखिममा रहेको देखिएको स्थलगत निरीक्षणमा पुगेका प्रदेशसभा सदस्य हरि भण्डारीले बताए।

बन्दीको मृत्युपछि बाल सुधार गृहमा तोडफोड, छानबिन गर्न समिति गठन

सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका युवकको मृत्युपछि उनका आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

काठमाडौँबाट केरुङ हुँदै सिमकोट पुर्‍याइँदै खाद्यान्न

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार साउनभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ।

कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला

बाढीले पुरिएको बैंककाे भवन खोतल्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकको डेढ कराेडभन्दा बढी रुपैयाँ फेला परेकाे छ।

जलविरे झरनामा आन्तरिक पर्यटकको घुइँचो,  २८ लाख राजस्व संकलन

झरना हेर्न मात्र होइन, क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशी पर्यटकसमेत यहाँ आउने गरेका छन्। झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ।

झापाकी कमला मुर्मु इराकमा ३ वर्षदेखि ‘बन्धक’, उद्धार गरिदिन आमाको आग्रह

कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास नभएको परिवारको गुनासो छ। दोहोरो सम्पर्क नभएकाले उनलाई इराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने पनि खुलेको छैन।

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

‘वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ।’

कैदीबन्दी मृत्यु प्रकरण : ५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस, १२ जनामाथि अनुसन्धान हुँदै

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताएका छन्। 

संसद् अवरोध संविधानसम्मत छैन : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको बताएका छन्।

बाजुरामा हवाई उडान सुचारु, दैनिक २ भन्दा बढी उडान हुने

मौसम अनुकूल भए अब बिहान ६ देखि साँझ ६ बजेसम्म उडान सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, ३ को अवस्था गम्भीर

घाइतेमध्ये सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ। 

भक्तपुर अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

औषधि पसलमा तीनवर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको छ।

औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने हुन्छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।