AnonymousUser

Logout

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही १० लाख थपिँदा आर्थिक दायित्व चार गुणा बढ्यो

ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन्।

उत्तराखण्ड पहिरोमा बेपत्ताहरूको खोजी गर्न कुकुर परिचालन

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पहिरोमा अझै ११ नेपाली हराइरहेको जानकारी दिए।

मुग्लिन–मलेखु सडक: चितवन खण्डमा पनि विस्तार शुरू, ९ मिटर चौडा कालोपत्र हुने

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति भएपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने छ।

सभामुखले सदनको अवरोध हटाउनेबारे सोमबार शीर्ष नेतासँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

विद्युतीय कारोबार गर्ने गुगलसहित ६ विदेशी कम्पनीले तिरे १० करोड कर

आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा करबापत हालसम्म गुगल, लिंक्डइनसहित ६ विदेशी कम्पनीबाट करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई

संवैधानिक परिषद्को बैठकले नेपालको ३१औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस गरिसकेको छ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात, ‘फेसक्रिम’ किन्न ७८ करोड बाहिरियो

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार सिन्दूर, टुथपेस्ट, कपाल स्याहारसहित शृङ्गारका सामग्री आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।

बुंगतीको ७० लाख इँटा बिक्री भएन, उद्योग नै संकटमा

बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा करिब दुई हजार बढीले रोजगार पाएका छन्। तर, यहाँ उत्पादित इँटा बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्था पुगेका छन्।

चाडपर्व खर्च जोहो गर्न भारत जानेको लर्को

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै चाडपर्व खर्च जुटाउन भारत जानेको लर्को लाग्ने गर्छ। हाल दैनिक २०० जनाभन्दा धेरै नेपाली भारत गइरहेको सीमानाका जमुनाहले जनाएको छ।

पदमार्ग सहज भएसँगै हिमतालमा पर्यटकको आकर्षण

अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। यही पदमार्ग हुँदै पर्यटक हिमतालसम्म पुग्ने गर्छन्। 

तनहुँमा उत्पादित कागतीखेतीले पाएन बजार 

तनहुँमा गत वर्ष ५०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४५० मेट्रिक टन कागती उत्पादन भएको थियो। तर, कागतीले बजार नपाउँदा किसान निराश छन्।

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।

उजाड बन्यो भोजपुरको ऐतिहासिक टक्सार बजार, भत्किन थाले घर

पाटनबाट आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए। टक्सारमा नेपालकै पहिलो  शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ। जसको स्थापना १९९३ सालमा स्थापना गरिएको थियो।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिबाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

कैदीलाई सरुवा गर्न खोज्दा झापा कारागारमा हुलदंगा

मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

काठमाडौँ महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’

काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ।

पियारी आमा: जसले आफ्नो नाममा रहेको सबै जग्गा विद्यालयलाई दिइन्

नवलपुरको कावासोती–४ की पियारी गुरुङले आफ्नो नाममा रहेको सबै सम्पत्ति विद्यालयलाई प्रदान गरेकी छन्। उनको सम्मानमा नगरपालिकाले ‘पियारी गुरुङस्तम्भ’ निर्माण गर्ने योजना बनाएको छ।

राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालयअन्तर्गत फर्काऔँ : शेखर कोइराला

नक्कली भुटानी शरणार्थी प्रकरणलाई ओझेलमा पार्न ललिता निवास प्रकरण र यसलाई पनि ओझेलमा पार्न सुन प्रकरण सतहमा आएको कांग्रेस नेता शेखर कोइरालाको भनाइ छ।

बालबालिकाको गुनासो– कक्षाकोठा जलमग्न छन्, कसरी पढ्ने?’

कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। गतहप्ता हावाहुरीले बाँकी भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।