AnonymousUser

Logout

सुन बरामद प्रकरण : विस्तृत छानबिन गर्न तोकियो अनुसन्धान अधिकृत

ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरू व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

खलंगा–तिंकर सडक अवरुद्ध हुँदा उत्पादित तरकारी खेतमा कुहिँदै

दार्चुलाको व्यास र सदरमुकाम खलंगासम्म जोड्ने एक मात्र सडक खलंगा–तिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

बाँकेमा बन्द भए १६० उद्योग

बाँकेमा आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्। बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्।

‘कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा नचिन्दा देशले ठूलो क्षति बेहोर्नुपर्‍यो’

नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

लम्पी स्किन नियन्त्रणमा सहकार्य गर्न भारत सकारात्मक

सीमावर्ती नाकाबाट गैरकानूनी रूपमा पशुपक्षी र माछा आयात–निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।

गोली प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

झोलुंगे पुल बनेपछि १ घण्टाको यात्रा १० मिनेटमै

बागलुङको गलकोट नगरपालिका–१ काफालठुटादेखि गौदी गाउँ जोड्ने मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।

लम्पी स्किन: सुदूरपश्चिममा २६ हजार पशु चौपायाको मृत्यु, ६ लाख संक्रमित

तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।

अझै कति दिन उठ्दैन काठमाडौँ महानगरको फोहोर?

फोहोर विसर्जनका लागि आफूहरू छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।

कानून उल्लंघन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।

सुन बरामद प्रकरण: एजेन्टसहित ६ जना पक्राउ

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ।

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी

मतदाता नामावली संकलन र अद्यावधिक, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान तथा निर्वाचन सामग्री व्यवस्थापनका लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने आयोगको तयारी छ।

देशभर २ हजार ९३० जनामा डेंगी संक्रमण, ८२ प्रतिशत संक्रमित १० जिल्लामा

महाशाखाका अनुसार असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।

तस्करीको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तारेखमा छोड्ने आदेश दिएको छ।

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्।

उडान ‘डिले’ भएपछि निगमले गठन गर्‍यो छानबिन समिति

जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जारी रहन्छ: बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

सम्झौताअनुसार काम भइरहेको छ, फोहोर फ्याल्न रोक्नु राम्रो होइन : काठमाडौँ महानगर

काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सोमबारदेखि ककनी र धुनीबेँसीका स्थानीयले अवरोध गरेका छन्।