AnonymousUser

Logout

देशभर १० डेंगी संक्रमितको मृत्यु, ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो : छानबिन समिति

कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए।

गाउँलेविरुद्धको मुद्दा जितेपछि सामाजिक बहिष्कार 

देवदह नगरपालिका–१२ ढोलबजवाका शिवबिन्दु भुज पिरवारले पसलबाट खरिद गर्न पाउँदैनन्। गाउँमा उर्दी जारी भएको छ– 'भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु।'

अचार बिक्रीबाट आम्दानी गर्दै कैलालीका महिला, दैनिक २५ जनालाई रोजगारी 

१७ जना महिलाले  एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन्। उनीहरूले यसपटक मात्रै आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्।

जमिन भासिन थालेपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि गाउँपालिकाले खानीगाउँवासीलाई अन्यत्र सर्न भनेको छ। यहाँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्। 

बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावरलाई जरिबाना

वैदेशिक रोजगारीमा पठाइदिने विज्ञापन सामाजिक सञ्जालमार्फत गरेर राहदानी संकलन गर्ने क्यापिटल रिक्रुरमेन्ट सर्भिस र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई वैदेशिक रोजगार विभागले जरिबाना गरेको छ।

वर्षाका कारण मेलम्चीको पानी रोकिएपछि काठमाडौँलाई बागमतीको भर

मेलम्ची नदीबाट काठमाडौँ ल्याइएको खानेपानी एक महिनादेखि बन्द भएपछि बागमतीको पानी प्रशोधन गरेर वितरण भइरहेको छ। बागमतीबाट अहिले दैनिक पाँच करोड लिटर पानी प्रशोधन गरिन्छ।

बाढीग्रस्त कागबेनी ३ दिनदेखि अन्धकारमा

आइतबार राति आएको बाढीले दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। विद्युत् सञ्चालनका मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

हुम्लामा जहाज कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान, १ महिनामा ४ बालकको मृत्यु

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब हुने तथा प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी र अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा छन्। 

कृषिमा भविष्य देखेका धनकुमार: वार्षिक ५ लाखसम्म आम्दानी, ६ जनालाई रोजगारी

तरकारीले बजार नपाउँदा बारीमा नै कुहिएर जाने अवस्था रहेको धनबहादुरले बताए। बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने उनको भनाइ छ।

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती

मुग्लिन–पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल संघ बन्दीपुरका सभापति संगीता प्रधानले बताउँछिन्।

त्रिशूलीको बाढीले धादिङ र गोरखा जोड्ने झोलुंगे पुलमा क्षति: ९४ घरधुरी प्रभावित

पुलमा क्षति पुग्दा गण्डकी र बेनीघाट रोराङ गाउँपालिकाका किसानले तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्‍याउन पाएका छैनन् भने विद्यार्थी विद्यालय जान सकेका छैनन्।

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो बयान

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।

कागबेनीका बाढीपीडितलाई तत्काल सहयोग पठाइने

गण्डकी प्रदेश सरकारले मुस्ताङको कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ।

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ।

काठमाडौँ महानगरमा खुला दूध बिक्री गर्न रोक

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत काठमाडौँ महानगरले गरेको छ।

दोलखामा बाढीपहिरोमा परी तीनको मृत्यु, चार जना बेपत्ता

दोलखाका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा बगेर तीन बेपत्ता

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द, बिरामी यात्रु मर्कामा

हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्।

बेनी–दरबाङ सडकमा पहिरो, यातायात अवरुद्ध

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।