AnonymousUser

Logout

पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा नौ प्रतिशत मात्र रोपाइँ

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। समयमा वर्षा नहुँदा र सिँचाइको पनि सुविधा नहुँदा मधेशमा करिब ९० प्रतिशत खेतमा रोपाइँ भएको छैन।

पोखराको मासु पसल व्यवस्थित गरिँदै, मापदण्ड पूरा गरेकालाई एकै प्रकारका साइनबोर्ड

पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।

कोशीमा प्रदेश प्रमुखद्वारा बिहीबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।

मिटरब्याज पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभा छलफल

सांसदहरूले सर्वसाधारणलाई वित्तीय पहुँचमा सहजता बनाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानून व्यवस्था गर्न माग गरेका छन्।

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग   

हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

पहिरो खस्ने क्रम नरोकिएपछि गत बिहीबारदेखि पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आउजाउ गर्छन्।

मुस्ताङ जाने विदेशी पर्यटकको छायामा बागलुङ

पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ। 

रौतहटमा आमाछोरी मृत भेटिए, हत्या गरिएको आशंका

मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिबानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने फैसला भएको छ।

किसानलाई सधैँ सिँचाइ र मलको पिर

सिँचाइ अभावमा बागलुङका किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको छ। 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।

काठमाडौँको दृश्यावलोकन अब कमलादीको स्काइवाकबाट

काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा  उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, वर्षा नरोकिएपछि पहिरो पन्छाउन ढिलाइ

पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।

शुक्रबार ११ बजेसम्मका लागि स्थगित भयो कोशी प्रदेशसभा बैठक 

बिहीबार बेलुका प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।

नयाँ सरकार गठनबारे कांग्रेससँग छलफल भएको छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल नभएको, दोस्रो तहका नेताबीचको कुराकानीबारे आफू जानकारी नरहेको बताएका छन्।

ललिता निवास प्रकरण : तीन आरोपीद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

हरिशयनी एकादशी पर्व, तुलसीको पूजा गरेर मनाइँदै  

जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। 

भर्ना भएको ११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

गएको २ गते अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ। उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

सहकारी सञ्चालकले साढे ११ अर्ब हिनामिना गरेको सीआईबीको दाबी

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई रकम हिनामिना आरोपमा सीआईबीले पक्राउ गरेको छ।