AnonymousUser

Logout

संखुवासभामा बाढी: १ जनाको मृत्यु, १६ सम्पर्कविहीन

बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। 

पहिरोले ताप्लेजुङमा ४ जना बेपत्ता, दोभान बजार जोखिममा

बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।

बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नवौँ महाधिवेशनमा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा आफूले अगाडि सारेको बताएका छन्।

खानेपानीको अवलोकनका लागि प्रधानमन्त्री दाहाल मेलम्चीमा

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय जनप्रतिनिधि र नागरिकसँग अन्तरक्रिया गरेका छन्।

चुरे संरक्षण दिवस मनाइँदै, जथाभाबी उत्खनन रोक्नुपर्नेमा जोड 

अव्यवस्थित बसोबास, वन अतिक्रमण, डढेलो, चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले चुरे क्षेत्र संवेदनशील बन्दै गएको छ।

नक्कली शरणार्थी प्रकरण : कानूनी प्रश्नको जवाफी बहस सकियो, आदेश आजै आउने

जवाफी बहसमा सहभागी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अब बाँकी काम नरहेकाले आजै थुनछेक आदेश आउने जानकारी दिए।

ब्याडमै सुक्न थाल्यो धानको बिउ

हिले ब्याड बनाएर बिउ राख्ने पाल्पा रामपुरका किसानले यसवर्ष धुले ब्याड राखेका छन्। तर, धूले ब्याडको बिउसमेत सुक्न थालेको उनीहरूको गुनासो छ। 

बढ्दै रासायनिक मलको कालोबजारी, मारमा उपभोक्ता

अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन छ, कार्यान्वयन छैन

ऐनमा सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुने उल्लेख छ।

बोराभित्र भेटियो महिलाको शव, श्रीमान् पक्राउ

मनोज र रंगिलाबीच गत वैशाख १ गते प्रेम विवाह भएको थियो। मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण मनमुटाव हुने गरेको पाइएको छ।

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवनको माडी नगरपालिकाले बाँदरझुलालाई वडा नं. १० बनाउन सिफारिस गरे पनि संघीय सरकारले त्यसबारे निर्णय गरेको छैन। हुँदै नभएको वडा नं. १० मा स्यालोट्युवेल जडानका लागि संघीय सरकारले बजेट पठाएको छ। 

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय जाने उमेरका बालबालिका पनि उक्त काममा जुटेका देखिन्छन्।

‘रगत अभावमा कोही मर्न नपरोस्’

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन जनसंख्याको दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ। तर,  नेपालमा ०.८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको तथ्यांक छ।  

पर्यटन प्रवर्द्धन गर्ने योजना: आकर्षक र नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता

सरकारले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। यो बीचमा पिलर नहुने (सस्पेन्डेड) एशियाको पहिलो पुल भएको दाबी गरिएको छ।

बाढीले पुल बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि सवारी आवतजावत बन्द भएको छ।

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

लामो समयदेखि पाठ्यपुस्तकको मूल्यवृद्धि नभएको र कच्चापदार्थको भाउ दोब्बर भएकाले तत्काल मूल्य पुनर्विचारका लागि पहल गर्नसमेत संगठनले माग गरेको छ।

ट्याक्सीको वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

यातायात व्यवस्था विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको छ। 

चितवनका हात्तीवाङ र हपनी अझै विद्युत्‌विहीन, टुकीमा भरमा स्थानीय

चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत् उपयोग गर्न पाएका छैनन्। वडा नं १ र २ मा विद्युतीकरणका लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि ढिलो भएको हो। 

म्याग्दीको पोकगाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी, ५२ घरधुरी लाभान्वित 

हिउँदयाममा खेतीबाली लगाउन समस्या परेपछि 'लिफ्टिङ' प्रविधि अपनाइएको हो। अब समयमा नै धानको ब्याड राख्न पाइने र मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने स्थानीयको अपेक्षा छ। 

सहकारीका बचतकर्ताको २० करोडभन्दा बढी रकम ठगी

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ।