AnonymousUser

Logout

म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

विद्यार्थीहरू कक्षा १२ सकेपछि रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने क्रम बढेको छ।

बागलुङमा १ करोड लगानीमा खुल्यो साबुन उद्योग

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरेर ल्याउने गरिएको छ। उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान ठप्प

इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।

सेजन अध्यक्षमा भागवत भट्टराई, महासचिवमा कमलकुमार बस्नेत

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराई अध्यक्षमा, कमलकुमार बस्नेत महासचिवमा र केशु लामिछाने कोषाध्यक्षमा निर्वाचित भएका छन्।

अझै पुनर्स्थापनाकै पर्खाइमा हजारौँ मुक्ति हलिया परिवार

सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको १७ वर्ष पूरा भएको छ, तर हजारौँ मुक्त हलिया परिवार अझै पनि पूर्ण पुनर्स्थापनाको पर्खाइमा रहेको सरोकारवालाहरूले बताएका छन्।

नियमित उडान नहुँदा सुनसान रामेछाप विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त भएका बेला पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत लुक्ला पुर्‍याउने गरिन्छ।

कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख रुपैयाँको क्षति

गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।

भेन्टिलेटर अभावमा सर्पदंशको बिरामीको मृत्यु

अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।

लिपुलेकमुनिका गाउँका पीडा: न बाटो छ, न सञ्चार

पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।

कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।

धादिङ–मलेखु सडक: दारेगौँडाभिरमा निरन्तर पहिरो

सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।

चाडपर्वलाई लक्षित गर्दै बीपी राजमार्ग स्तरोन्नतिको तयारी

बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

गोरखामा रात्रिबस दुर्घटना: २१ जना घाइते

भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन्।

महाकाली नदीको कटानले कुतियाकवरबस्ती जोखिममा

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। महाकाली नदीको कटानले बस्तीमा क्षति पुगेको हो।

चीनको जीएसआईमा नेपालले समर्थन नगरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा खतिवडाद्वारा स्पष्ट

सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत भएको खतिवडाले प्रष्ट पारेका छन्।

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा

महाकाली नदीमा जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ।