AnonymousUser

Logout

कैलाली कारागारमा आन्तरिक मतभेदका कारण झडप: छानबिन समिति

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यकता देखिएको समितिले जनाएको छ।

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

काठमाडौँ–मन्थली सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध  भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका छन्।

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ प्रयोगविहीन

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी सिँचाइको दीर्घकालीन समाधानका रूपमा ५०० डिप बोरिङ जडान गर्ने सरकारले बताएको छ। तर सिरहामा जडान भएकामध्ये करिब ६० प्रतिशत बोरिङहरू सञ्चालनमा छैनन्।

गृह मन्त्रालयद्वारा संघसंस्था नियमनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।

झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।

वैकल्पिक विकास वित्त विधेयकमाथिको छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२'मा उल्लेखित निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका सबै बुँदामा सहमति जुटाएको छ।

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्।

संगीतकार तथा कवि नन्दनको निधन

विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वाभाविक रूपमा कीरा र रोगको प्रकोप शुरू हुन सक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषिविज्ञले किसानलाई सुझाएका छन्।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि मापदण्ड जारी

मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयको विश्वास छ।

करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु

जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।

बिक्न छाडे सारंगी, सुनिन छाड्यो धुन

सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षणसँगै रोजगारीको अवसर सिर्जना गर्नसमेत टेवा पुग्ने स्थानीयोको भनाइ छ।

पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

सुस्तामा ५ करोड खर्चेर निर्मित शीत भण्डार प्रयोगविहीन

चार वर्षअघि निर्मित शीत भण्डारमा बाह्रै महिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ। भण्डारणका सामग्री नभएकाले उपयोगमा आउन नसकेको वडा कार्यालयले जनाएको छ।

पुरानो आरनमा नयाँ चमक: शिवलालको फलाम यात्रा

रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर पेसालाई नयाँ जीवन दिएका छन्।

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

अपरिचित व्यक्तिले गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ।

म्याग्दीको गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

२४ घरधुरीको बसोबास रहेको गाजने गाउँमा परीक्षणका रूपमा रोपिएका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन शुरू गरेका छन्।

मेची राजमार्गस्थित हेवा खोलामा मोडुलर बेलिब्रिज जडान

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेवा खोलामा ७० मिटर लम्बाईको मोडुलर बेलिब्रिज जडान गरिएको हो।