AnonymousUser

Logout

पहिरोले पर्वतको कोरुंगा गाउँ जोखिममा

केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।

कैलाली कारागार घटना: अवस्था सामान्य बन्दै, तर मृतकका परिवारले शव बुझ्न मानेनन्

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण परिस्थिति सामान्य बन्दै गएको छ। तर मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका छैनन्।

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई २ दिनको समय

भूमि विधेयकका केही दफा अस्पष्ट भएको भन्दै सांसदले अध्ययनका लागि समय मागेपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २७ गते पुनः छलफल गर्ने निर्णय गरेको छ।

गण्डक नहरमा अतिक्रमण र भारतले कम पानी छाड्दा रौतहटका किसान समस्यामा

बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारमा अतिक्रमण हुँदा र भारतले पनि सम्झौताअनुसार पर्याप्त पानी उपलब्ध नगराउँदा रौतहटका किसान मर्कामा परेका छन्।

गाईजात्राका अवसरमा काठमाडौँका टोलटोलबाट सांस्कृतिक झाँकी

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राका अवसरमा नेवार समुदायले काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका छन्।

जनकपुरमा रेल र कार ठोक्किए

महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल कारसँग ठोक्किएको छ। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।

मूल्य बढेपछि अलैँचीखेती बिस्तारमा भोजपुरका किसान

अलैँचीको मूल्य प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका छन्। उनीहरू परम्परागत बालीलाई हटाएर अलैँची रोप्न थालेका छन्।

गाईजात्रा पर्व मनाइँदै

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ।

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।

असारे विकासको कुरूप ‘शंखमूल सडक’

खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि समयमै व्यवस्थापन नहुँदा वर्षायाममा हिलाम्मे बनेको छ। जसले गर्दा स्थानीय, व्यापारी र दैनिक आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ।

कैलाली कारागार: परिस्थिति सामान्य बनाइराख्न ५० सुरक्षाकर्मी परिचालन

धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

वैकल्पिक विकास वित्त विधेयकमाथि ६६ संशोधन प्रस्ताव

प्रतिनिधिसभामा दर्ता भएको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि १४ जना सांसदले ६६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सुक्खा संकटग्रस्त मधेशमा वर्षा भएसँगै धमाधम रोपाइँ

शुक्रबारसम्म २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ भएको छ। पानी परिरहेकाले बाँकी किसानले पनि धमाधम रोपाइँ गरिरहेका छन्।

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन्। लामो समयदेखि विद्यार्थी संख्या शून्य हुँदा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन।

सीप हस्तान्तरण नहुँदा हराउँदै जनै बनाउने चलन

युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न हस्तान्तरण हुन सकेको छैन। बजारबाट खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ।

भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ अलपत्र

कोशी प्रदेश सरकारबाट विनियोजित २५ लाख लागतमा २०८१ मंसिरमा भवन निर्माण थालिएको थियो। निर्माणको क्रममा बजेट नपुगेपछि भवन अलपत्र परेको छ।

एलएलडीसी सम्मेलन: सहयोग र साझेदारी विस्तारमा नेपालको जोड

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए।

बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको सडकमा निरन्तर अवरोध हुँदै आएको छ।

धरानमा पहिरोले १ घरमा क्षति, १२ घर जोखिममा

वर्षायाम शुरू भएपछि पहिरोको डरले जाग्रम बस्नुपरेको धरान–३ का स्थानीयको भनाइ छ। पर्खाल निर्माण गरेर पहिरो रोकथामको प्रयास गर्ने उपमहानगरले जनाएको छ।

पाल र टेकोको भरमा कुमारी घर

प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।