सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।
अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका छन्।
अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।
ढाका कपडा बुनाइले बेरोजगार, विपन्न, फुर्सदिला महिलाका लागि स्वरोजगारको अवसर सिर्जना गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा १५ पुल बनिरहेका छन्। त्यसलाई तीव्रता दिन पुस पाँचदेखि दिउँसो सडक बन्द गरी काम गर्ने तयारी रहेकाे आयोजनाले जनाएकाे छ।
दमक नगरपालिका र रेडक्रसले सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेका छन्।
गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको यन्त्रिक परीक्षण थालेको छ। सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।
धनकुटा सहिदभूमिको खाल्सा क्षेत्रमा २०५८ सालदेखि सञ्चालनमा आएको सडककाे १० किमी कालाेपत्रे गर्ने कार्य ७० प्रतिशत सकिएकाे छ।
खाेटाङ जिल्ला अस्पतालले एक्स–रे सेवाका दुवै कर्मचारीलाई एकैपटक बिदा दिएपछि उक्त सेवा तीन दिनदेखि ठप्प छ।
जिपमा सवार १२ जनामध्ये ११ जनाको मृत्यु भएको छ भने छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका-३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ।
हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।
विशेषतः बागलुङमा उत्पादन हुने कोदोले शहरमा आकर्षक खानाका रूपमा परिचय बनाएको छ।
नेपालमै स्वदेशी माटोको प्रयोग गरी टायल उद्योग शुरू भएको छ। बाराको जितपुरमा नेपाली टायल उद्योग स्थापना भई उत्पादन थालिएको छ।
चीन र अरबबीच रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति भएको छ। साउदीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अरब लिगका सदस्य राष्ट्रबीच यस्तो सहमति भएको हो।
काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसका अवसरमा महानगरले त्सलेश्वरी डबलीमा सांस्कृतिक कार्यक्रम गरेको छ।