AnonymousUser

Logout

बराह तालमा बढ्यो पर्यटकको चहलपहल

तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन - स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले केही देशमा संक्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थालाई निगरानी गरिरहेको बताएका छन्।

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

पूर्वी नवलपरासीको एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा पढिरहेको दुर्लभ संयोग भेटिएको छ। विद्यालयमा यस्तो संयोग जुर्नुलाई प्रधानाध्यापकले ऐतिहासिक भएको बताएका छन्। ‍

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एकै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ र गौरवको विषय भएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले जनाएको छ।

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।

एकजना शिक्षकका भरमा विद्यालय    

वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।

आयल निगमले कुन आधारमा बढायो पेट्रोलियम ढुवानी भाडादर?

साबिकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागू गरिए पनि व्यवसायी भने बढेको भाडादर अपुग रहेको बताइरहेका छन्।

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती प्रदेशमा दश प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७  महिला गरी कूल चार सय ८४ उम्मेदवारको धरौटी जफत भएको छ। 

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र बिदेसिएका श्रमिक

नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आकलन गरिएको छ।

विदेशबाट फर्केर गाईपालन

व्यावसायिकरूपमा उन्नत जातका गाई पालन गरेका दुधेनाका शशी बुढाथोकी वार्षिक १२ लाखसम्म बचत गर्छन्। २ जनालाई रोजगारी समेत दिएका उनी आफ्नो व्यवसायबाट खुशी छन्। ‍

अव्यवस्थित तार हटाउँदै विद्युत प्राधिकरण

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो।

सांसदको सपथपछि मात्रै माओवादीले दलको नेता चयन गर्ने

सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने माओवादी सांसद माधव सापकोटाले बताएका छन्।

फरक भूमिका रुचाउने विपिन

चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।

मधेस प्रदेशमा स्पष्ट छैन सत्ता समीकरण

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ।

काँक्रो खेतीबाट आत्मनिर्भर बन्दै हुप्सेकोटका किसान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।

राहदानीको ‘अपोइन्टमेन्ट डेट’ बुकिङ अब साढे ३ बजेपछि मात्रै

एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ। 

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दिउँसो ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।

बागमती प्रदेशसभा : शपथको मिति तय गर्न सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभामा शपथग्रहणको मिति निर्धारण गर्न पुस ८ गते सर्वदलीय बैठकको आह्वान गरिएको छ।

लक्ष्यभन्दा १३.६३ प्रतिशत कम राजस्व संकलन, आयकर र भ्याट असुली बढी प्रभावित

विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन्।

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।