AnonymousUser

Logout

इतिहास बोकेको मेची रंगशाला : १८ वर्षपछि चमक ब्युँताउने प्रयास

१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता मेची रंगशालामा फुटबलको कुनै प्रतियोगिता भएको छैन। भद्रपुर झापा गोल्डकप हुने भएपछि स्थानीय मैदानको जिर्णाेद्धारमा जुटेका छन्।

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।

रुद्रमती नदी किनारका सार्वजनिक जग्गाको खोजी गर्दै प्राधिकरण

काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई महिनामा बुढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका मिचिएका सार्वजनिक जग्गाको नाप नक्सासहितको प्रतिवेदन तयार गर्ने जनाएको छ।

निजी क्षेत्रको चर्को दबाबपछि राष्ट्र बैंकले संशोधन गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शन

बैंक तथा वित्तीय संस्थाहरूबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका 

“करिब ५० प्रतिशत दलित विद्यार्थी बिचमै कक्षा छाड्थे ”,  सिरहाको तेनुवापटी आधारभूत विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह भन्छन्, “अहिले नियमित विद्यालय आउनेको संख्या  बढेको छ।”

एसईईमा उत्कृष्ट अंक ल्याउने १३ विद्यार्थीलाई चार लाख छात्रवृत्ति

कुश्मा नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने नगरभित्रका १३ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप झण्डै ४ लाख छात्रवृत्ति दिएको छ।

यातायातको सेवामा बेथिति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालयबाट प्रहरीले मंगलबार सात जना बिचौलियालाई पक्राउ गरेको छ।

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

सीमित डेरी उद्योगीले आफूखुसी दूधको मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका थिए।

सचिवहरूलाई प्रधानमन्त्री दाहालको ३० बुँदे निर्देशन: सुशासन, सेवा प्रवाहमा कुनै सम्झौता हुँदैन

प्रधानमन्त्री दाहालले शिक्षा, स्वास्थ्य, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउन नागरिकले बेहोरेका सास्ती हटाउने काम प्राथमिकतामा राख्न निर्देशन दिए।

‘काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

सम्झौताअनुसार २०७५ फागुनभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने काठमाडौँ भ्यूटावर झण्डै पाँच वर्ष ढिलोगरी अर्को वर्षबाट मात्रै सञ्चालनमा आउने भएको छ।

झापामा धानखेत मासेर सुपारी खेती, वार्षिक ५ लाखसम्म आम्दानी

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ।

लागु औषध मुद्दामा निसीखाेला गाउँपालिका अध्यक्षलाई तीन वर्ष कैद

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले साेमबार तीन वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाकाे फैसला गरेको हो।

कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए।

खुकुरी प्रहार गर्ने तीन विद्यार्थी आरआर क्याम्पसबाट निकालिए

आरआर क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न तीन विद्यार्थीलाई निष्कासित गरेको छ। 

विकास थपिँदैछ, तर बस्ती रित्तिँदै

बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण विकासले गति लिए पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद विषय बनेको जनप्रतिनिधिको भनाइ छ।

सेवा प्रवाह चुस्त बनाउन मातहतका अधिकारीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री लामिछानेले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन्।

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई आयोगको परामर्श

आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्न परामर्श दिएका छन्।

गृहमन्त्रीको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू

गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। बैठकमा सबै जिल्लाका सीडीओका साथै सुरक्षानिकायका प्रमुखको उपस्थिति छ।

१५ किलोमिटरको गाडीभाडा ५५० रुपैयाँ!

बझाङको खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीमा यातायात व्यवसायीहरूले मनलाग्दी रूपमा भाडा असुल्दा स्थानीय मर्कामा परेका छन्।

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने किसानको माग

किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।