AnonymousUser

Logout

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ

धनुषाका मूर्तिकारले सरस्वती पूजाका लागि प्रतिमा बनाएर सिजनमा ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना : ३ जनाको मृत्यु

दुर्घटनामा ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको छ। 

टिकटकमार्फत जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाइरहेका चार जनालाई पक्राउ गरेकाे छ।

जनक शिक्षाको चार ट्रक कागज प्रहरीको नियन्त्रणमा

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको छ।

सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न निर्देशन

पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि निकायले काम गर्दा सडक भत्काएमा सडक विभागको गुणस्तरअनुसार आफैँले मर्मत गर्नुपर्ने बताए।

अन्यत्र बसोबासको विकल्प दिए बागमती नदी किनार छाड्न तयार छौँ : सुकुमबासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले सरकारले अन्यत्र बसोबासको विकल्प दिए अहिलेको स्थान छाड्न तयार रहेको बताएका छन्।

१८ वटै पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशित गरेका छन्। 

बझाङको बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

सरकारले विश्वासको मत पाएछि सत्तासाझेदार दलहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य शुरू गरेका छन्।

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने देखाएको छ।

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।

ताप्लेजुङको हिमाली क्षेत्रमा चिसो अत्यधिक बढ्यो, जनजीवन कष्टकर

चिसोका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्तीनै रित्तो भएको छ।

तिला गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउने अभियान 

तिला गाउँपालिकाले नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको छ। तालिम लिएपछि महिलाहरू आफै व्यवसाय सञ्चालन गर्ने योजनामा छन्। 

नेपाली कविताको उर्दु अनुवाद संग्रह 'नेपालकी आवाज' प्रकाशन

पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।

बिहारबाट आउने बिजुली रोकियो, ठूला उद्योगमा लोड कटौती

बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।

हराउन थाल्यो थारू समुदायको झुमडा नाच

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन्। यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ।

सभामुखको निर्वाचन माघ ५ गते हुने

संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ। 

नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ आइपुग्यो

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै शुरू भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौँ पुगेको छ।

किसानलाई तरुल खनेर बजार लैजान भ्याइ नभ्याइ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। यहाँका हरेक परिवारले तरुलकाे खेती गरेका छन्।