AnonymousUser

Logout

नाबालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्दै

६० जना सांसद रहेको गण्डकी प्रदेशसभामा अधिकारीलाई सत्ता गठबन्धनका सबै ३२ सांसदको समर्थन छ।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान 

बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो। 

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको छ : प्रमुख निर्वाचन आयुक्त 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्ठा, सिद्धान्त र विचारका आधारमा मात्र निर्वाचन जितिने भएकाले कानुन विपरीतका हर्कतलाई समर्थन गर्न नसकिने बताएका छन्।

तारुकामा माघ १ र २ गते २८ हल गोरु जुधाइने

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।

तुइनबाट महाकाली नदीमा खसेर बालक बेपत्ता

भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा  व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्। 

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : माधव नेपाल

अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।

संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका भएको बताएका छन्।

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जंगली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि पूर्वी नवलपरासीका किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन्। 

पहिरोले भत्काएको भवन २ वर्षसम्म बनेन, खुला आकाशमुनि पठनपाठन

बागलुङको जनता प्राथमिक विद्यालयमा भवन अभावका कारण दुई वर्षदेखि खुला आकाशमुनि पठनपाठन हुँदै आएको छ। विद्यालयको भौतिक अवस्था नाजुक भएपछि विद्यार्थीको संख्यासमेत क्रमशः घट्न थालेको छ।

गण्डकीका नौ जिल्लामा तीन अर्बको सुन्तला उत्पादन

सुन्तला खेती हुने गण्डकीका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रतिनिधिसभा : माघ ७ गते सभामुखको निर्वाचन तयारी, पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

चनमतीलाई ९३ वर्षको उमेरमा नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका पिनासीकी ९३ वर्षीया चनमती माझीलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। उनको देखदेखकाे जिम्मा पालिकाले लिएको छ।

एक महिने स्वस्थानी व्रत शुक्रबारदेखि, भक्तपुरमा माधवनारायण मेला

स्वस्थानी व्रतका अवसरमा शुक्रबारदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गरेको छ।

कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ आकर्षण 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट गत वर्ष ५६ हजार १२३ जनाले सेवा लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ जनाले लिएका थिए।

कृषि पेसामा राउटे समुदाय, लालसिंह बने उत्कृष्ट किसान

लालसिंहले डडेलधुराको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन्।

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।

कम्बाेडियामा ज्यान गुमाएका निराकारको परिवारलाई सहयोग गर्ने सरकारको प्रतिबद्धता 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बाेडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग बिहीबार भेट गरेका छन्।