AnonymousUser

Logout

निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढ्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।

धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित, कांग्रेसका सुनिल थापा पराजित

धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।

समानुपातिकतर्फ कुन दलको कति मत?

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ। नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन्।

मूलधारको राजनीतिमा ‘युटर्न’ सीके राउतको संसद् यात्रा

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका राउत पहिलोपटक जनप्रतिनिधिको रूपमा संसद् जान लागेका हुन्।

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू विजयी

दार्चुलामा नेपाली कांग्रेसका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतान्तरले पराजित गरेका छन्।

कञ्चनपुर-३ बाट नेपाली कांग्रेसका रमेश लेखक विजयी

कञ्चनपुर-३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।

कुलेखानीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।

गोरखा–२ : प्रचण्डलाई १२ हजार मतको अग्रता, अब्दुस मियाँ तेस्रोमा

बुधबार साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन्।

बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।

रोल्पामा वर्षमान पुनको अग्रता कायमै

रोल्पामा १५ हजार २८६ मत गणना हुँदा वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।

मकवानपुर–१ मा डिना उपाध्याय अगाडि, दोस्रोमा कमल थापा

नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।

१४७ स्थानमा मतगणना जारी : कांग्रेसको ४८ र एमालेको ३४ स्थानमा अग्रता

जारी मतगणनामा नेपाली कांग्रेस ४८, नेकपा एमाले ३४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।

झापा–५ मा ओलीको अग्रता कायमै

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।

रौतहट–१ मा माधव नेपाल २४४ मतले अगाडि

रौतहट-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेका उम्मेदवार भन्दा २४४ मतले अगाडि छन्।

स्याङ्जा–२ मा मतगणना हुन सकेन

नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।

झापामा–२ मा एमालेका देवराज र स्वतन्त्र स्वागत नेपाल अघिपछि

झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।

बैतडीमा पनि मतगणना थालियो

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

काठमाडौँ-१ मा रवीन्द्र मिश्रले लिए अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।

संखुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो।