बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ।
अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको हो।
विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।
सुक्खाले अत्यधिक प्रभावित कुम्मायक–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। डढेलो हावाहुरीका कारण क्षणभरमा बस्तीमा पस्ने गरेको छ।
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताएका छन्।
चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।
वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान नै चलाएको छ।
यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।
पाल्पाका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन्। पानीको सुविधा र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान रोप्दै गरेको उनीहरूको भनाइ छ।
गर्मी बढेसँगै बर्दिबास, गौशाला, रामगोपालपुर, औरही, सदरमुकाम जलेश्वरलगायत बजारमा उखु जुसको व्यापार फस्टाउँदो छ। जुसको व्यापार गर्नेमा विदेश गएर फर्किएका युवाहरू बढी छन्।
सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको भुवनपाटामा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका प्रहरीले जनाएको छ।
नयाँ दिल्लीमा बुधबार भएको ‘नेपाल–भारत इनर्जी समिट’मा बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन्।
विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो।
आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ।