AnonymousUser

Logout

सुनसरीमा हावाहुरीबाट केराखेतीमा क्षति, किसान निराश

असिनापानीसँगै आएको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्‍याएको छ।

हिउँदे खडेरीले बढ्यो वन डढेलोको जोखिम

समयमै वन व्यवस्थापन गरी काठ–दाउरा संकलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ। 

रारास्थित एक होटलमा आगलागी, चार भवन जले

होटलमा रहेका पर्यटकलाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।

चीन पुग्न थाल्यो ओलाङ्चुङगोलामा बुनेको गलैँचा

कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। नाका खुलेसँगै व्यापार व्यवसाय गर्न सहज हुन थालेको स्थानीयले बताएका छन्।

पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनीत

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।

आधारभूत अस्पताल निर्माण: घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन्। पाँच अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा छन्।

काभ्रेका स्थानीय तहले ५ महिनामा पनि टुंग्याएनन् लाभग्राहीको सूची, राहत वितरण अनिश्चित

बाढीपहिलोले क्षति पुर्‍याएको पाँच महिना पुग्दासमेत काभ्रेका स्थानीय तहले यकिन विवरण तयार पार्न नसक्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम वितरण गर्न सकिएको छैन।

एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने सरकारको तयारबारे जानकारी माग

सांसदले एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसद्‍मा सरकारको जवाफ माग गरे‍का छन्।

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोर आसपासमा व्यापार व्यवसाय गर्ने क्रम पनि बढेको छ।

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

कालीगण्डकी गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत हस्तकलाका सामग्री बनाउँदै आएको हो।

मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामरा जडान

कम्दी करिडोरमा क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।

भन्सार विभागका महानिर्देशक भन्छन्– विदेशबाट आउनेले ल्याएका सामग्रीको आम्दानीको स्रोत खोज्नुपर्छ

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन्।

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।

तुम्लिङटार विमानस्थलमा १ वर्षमा ८६ पटक उडान अवरुद्ध

प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि समय–समयमा हवाई उडान अवरुद्ध भइरहेको तुम्लिङटार विमानस्थलले जनाएको छ।

सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा

ग्रे लिस्टमा पर्नुको अर्थ देशभित्र वित्तीय अपराध बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ।

केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्– त्यो कहालीलाग्दो क्षण भुल्नै सकेका छैनौँ

केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीले मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहजतासाथ अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरेका छन्।

गुन्यालफाँटाका बादी परिवार घरमा ताला लगाएर भारततर्फ

परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि बादी परिवार वैकल्पिक रूपमा मजदुरी गर्दै आएका थिए। त्यो पनि नपाएपछि भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन्।

अर्थ समितिमा राजस्वसचिवले भने– भन्सार चलाउन स्वविवेकीय अधिकार आवश्यक

अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरेले भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने धारणा राखेका छन्।

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा भेडिहर

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ। ऊन बिक्री हुन छोडेपछि भेडिहरले जहाँ रौँ काट्यो त्यहीँ छोडेर हिँड्ने गरेका छन्।

अपर म्याग्दी–१ को बाँध निर्माण शुरू

धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण शुरू गरिएको छ।