AnonymousUser

Logout

नारायणीमा दुई शव फेला

नारायणी नदीको बीच भागको टापुमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

धनुषामा धानखेती गर्ने जमिन बर्सेनि घट्दै, उत्पादन लागत भने बढ्दो

विगतका तुलनामा धानखेती महँगो हुँदै गएको छ। उत्पादन लागत बढे पनि किसानले सो अनुसार मूल्य नपाएको गुनासो गरेका छन्।

मानव बेचबिखन कसुरमा ५ जना दोषी ठहर, १५ देखि १८ वर्ष जेल सजाय

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय किशोरीलाई २०७९ पुस २० गते भारतको दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो।

भानुजयन्ती मनाइँदै: भानुगृह पुनर्निर्माणको पर्खाइमा चुँदीरम्घा

चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ। 

धमिलो पानी र उच्च प्रवाहका कारण त्रिशूलीमा बेपत्ता बस खोज्न समस्या

त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँच वटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।

पहिरोले बगाएको बसमा थिए ७ भारतीय नागरिक

सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ।

कास्कीमा पहिरो: एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले २ वटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे पहिरोले दुईवटा बस पुरेको हो।

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो पन्छाइरहेको स्थानमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

खेतीमा रमाउँदै वनकरिया समुदाय

मान्छे देख्दा डरले भाग्ने आफूहरू अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा सन्तमाया वनकरिया छक्क पर्छिन्।

अरनिको राजमार्गको धुलिखेल–खावाखण्ड पुनः अवरुद्ध

हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावानजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ।

पोखरा जोड्ने मुख्य राजमार्ग​​​​​​​मा खाल्डैखाल्डा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य शहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ।

कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, १ जना बेपत्ता

कञ्चनपुरका नौ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्। 

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

दाङमा बाढीले ट्र्याक्टर पल्टाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। 

वर्षाका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको सूर्यचौर

काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।

किसान र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

कृषिजन्य उत्पादन बारअनुसार पोखराका फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको छ। एम्बुलेन्सले कृषिजन्य उत्पादन निःशुल्क ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा पहिरो, सडक अवरुद्ध

बागलुङ बजारदेखि पातिहाल्नेसम्मको १४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। हटियादेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ।

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न प्रशासनको अपिल

म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।