सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।
सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।
वर्षा शुरू भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए।
नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको, ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले बताए।
गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा नेपालको पहाडी भूभागमा पहिलो पटक देखिएको हो।
खैरहनी नगरपालिकामा यस वर्ष १४ हजार २७० मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ। गत वर्ष नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो।
म्याग्दीका धनबहादुरले १३ वर्षअघि वैदेशिक रोजगारीलाई छाडेर स्थानीय जातका बाख्रापालन शुरू गरेका थिए। अहिले उन्नत जातका बोयर बाख्राको स्रोतकेन्द्र स्थापना गरेका छन्।
बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।
सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।
लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो।
नेपालको भ्याटदर विश्वको औसत भ्याटदरभन्दा कम भए पनि आगामी ५ वर्षसम्म एकल दर स्थिर राख्ने, कर छुट अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी छुट हटाई कराधारको विस्तार गर्न समितिले सुझाव दिएको छ।
लहानमा बिक्री वितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरू सडक किनारमै आँप किनबेच गर्न बाध्य छन्। यसले सवारी आगमनमा असरका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी बताउँछन्।
एक दशकमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए। त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका छन्।
सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।
प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुंगा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दर केहीले परिमार्जन गरेका छन् भने कहिले यथावत् राखेका छन्।
निसेलढोरमा विद्युत् नपुगेकाले दाउरा, दियालो र टुकी बालेर रात कटाउनुपर्ने बाध्यता छ। स्वास्थ्य, शिक्षा, खानेपानीलगायत आधारभूत विकासको पहुँचसमेत पुग्न नसकेको स्थानीय सम्झना विश्वकर्माले बताउँछिन्।
मध्यविन्दु नगरपालिका–३ का पदमबहादुर मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।
मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। उनले बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्।