AnonymousUser

Logout

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने स्थानीयको भनाइ छ।

रुपन्देहीको खयरडाँडामा भेटियो प्राचीन इनार

उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

टीकापुरका इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँगै कामका लागि इँटाभट्टामा जाँदा उनीहरूको पढाइ प्रभावित भइरहेको बताए।

विद्यार्थी संख्या कम भएपछि एउटै गाउँपालिकाका १७ विद्यालय समायोजन

कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।

केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल बनाएर आयआर्जन

बेनी–२ खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुन्डेमा सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ। 

पाँचौँपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डेढ वर्षको अवधिमा बुधबार पाँचौँपटक विश्वासको मत लिन लागेका छन्।

मेसिनबाट धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ राख्दै कञ्चनपुरका किसान

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ।

भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल

२०४६ फागुनमा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ। अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ।

पानीको जोहो गर्न रातभर जाग्राम

महोत्तरीमा मुहान सुक्दै गएपछि मानिस मात्र नभएर घरपालुवा पशु, चराचुरुंगी र वन्यजन्तुले पनि पानीको संकट झेल्दै छन्। बालीनाली पहेँलिएर सुक्न थालेको छ।

सगरमाथा दिवसः बांग्लादेशमा तस्वीर प्रदर्शनी

ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो।

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्दा पनि आउँदैन पालो

पालिकाहरूले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको गरेका छन्। यसले प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भिड बढेको छ। 

संरक्षण अभावमा जीर्ण बने गौश्वारका प्राचीन सम्पदा

१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।

शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्र संघको सम्मान

राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।

अत्यधिक गर्मीले तराई क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित

तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो।

बाँकेमा गर्मीले पोलियोविरुद्धको खोप अभियान प्रभावित

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी रोपाइँ सकिएको छ। जिल्लामा जेठ पहिलो सातादेखि असार दोस्रो सातासम्म मार्सीको रोपाइँ हुने गरेको छ।

टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई १ रजत र ५ कास्य

नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।