AnonymousUser

Logout

बजेट अभावमा खानेपानी आयोजना निर्माण अलपत्र

म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ।

सेतीमा पक्की पुल: ३ पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ।

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ।

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको भनाइ छ।

परिवार नै मूर्तिकला व्यवसायमा, वार्षिक १३ लाखको कारोबार 

यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।

विद्यार्थीविहीन विद्यालयमा ४ शिक्षक

सेवासुविधाको खोजीमा शहर पस्ने बढ्दा विद्यालय बन्द हुनुका साथै गाउँ नै सुनसान बनेको छ। गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको प्रधानाध्यापक लेखनाथ शर्माको भनाइ छ।

गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन्।

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। 

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको उपचारका क्रममा मंगलबार मध्याह्न निधन भएको छ।

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

कैलालीको चुरे गाउँपालिका–५ लिसवेलीका किसानले निजी तथा सामुदायिक पोखरीबाट सिँचाइ गर्दै आएका छन्। यहाँका किसान अन्नबालीभन्दा सागसब्जीको खेती धेरै गर्छन्।

वर्षाका कारण मुग्लिन–पोखरा सडक हिलाम्य, सवारी आवागमनमा सास्ती

वर्षा भएसँगै मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्यान्डबाजा’

मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको हो।

अंगदाताको प्रतीक्षामा मिर्गौला र कलेजोका बिरामी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

रमुवामा १३० परिवारको बसोबास छ। यहाँ वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ।

२२ महिनामा पनि बनेन २ किलोमिटर सडक

निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। 

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय भएन कार्यान्वयन

२०५३ सालको एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।

मुस्ताङमा बेनी–जोमसोम–कोरला खण्डको वैकल्पिक सडक निर्माण

लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको छ।

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धाराका मुहान पनि सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको स्थानीय रामकृष्ण खत्रीले बताए।

खरबुजाबाट घरखर्च: बगरमा खेती, राजमार्गमा बिक्री

माघदेखि बगरमा खरबुजा खेतीको तयारी थालिन्छ। चैत अन्तिम साताबाट बिक्रीका लागि बजार ल्याउने गरिन्छ। हाल प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ।