इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्।
४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा ५० प्रतिशत काम मात्रै पूरा गरेको छ।
सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन नागरिक समाज दाङले अपिल गरेको छ।
प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए।
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलनबस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
अध्यादेशमा लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाई खोल्न सक्ने व्यवस्था पनि गरिएको छ।
शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्।
शनिबार आएको हुरी बतासले बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएको वडा सदस्य चदाराले बताए।
उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
शनिबार दिउँसो ३:३० बजेसम्ममा इलाममा ६० हजार मत खसेको छ भने बझाङमा २६ हजार ५०० मतदाताले मतदान गरेका छन्।
स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ।
बाली भित्र्याउने समयमा विपत्ति आइपरेपछि पीडामा रहेका किसान क्षतिको मूल्यांकन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चार वर्षको अवधिमा आगलागीबाट ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।
सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा हुन सकेको छैन।
वालिङ नगरपालिका–४ का शिव थापाले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। त्यसले फल दिन थालेपछि विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।
हावाको बहावसँगै तीव्र गतिमा बस्ती पसेको आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ६ घण्टासम्म संघर्ष गर्नुपरेको थियो।
राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए।