AnonymousUser

Logout

वैशाखयताको विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार (आज) एकै दिन ४४ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्।

इलाम पहिरोमा ज्यान गुमाएका सबैको सनाखत

इलाममा गएको पहिरोमा परी विभिन्न कामको सिलसिलामा इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन्।

काठमाडौँबाट बाहिरिने रात्रिकालीन बसलाई नागढुंगा पार गर्न समय निर्धारण

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजर गर्दै साँझ ५:०० बजेभित्र नागढुंगा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै प्रस्थान अनुमति दिइने जनाएको छ।

सप्तकोशीमा बहाव उच्च: ५६ वटै ढोका खोलियो

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए।

सप्तकोशीमा जलबहाव उच्च: कोशी बराजका ३९ ढोका खोलिए

कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको छ।

देशभरका ८ नदी खतराको तहभन्दा माथि

सप्तकोशी, बागमती, सुनकोशी, अरुण, तमोर, कनकाई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका छन्।

पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक ठप्प भएको छ।

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ।

नागढुंगा–मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङखण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको छ।

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा वीरगन्जमा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ।

नागढुंगासहितका नाकामा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रहसहित माइकिङ  गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ।

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहानदेखि भने अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु थप सक्रिय रहने मौसमविद्को पूर्वानुमान छ।

घमी खोलामा डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालवाहक ट्रली

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पांग्रे ट्रली मंगलबारदेखि थन्किएका छन्।

बीपी राजमार्गमा आजदेखि राति सवारी सञ्चालनमा रोक

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

सुनसान छन् काठमाडौँका सडक

काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।

ब्रह्मायणी जात्रामा भक्तजनको भीड

ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।

जाजरकोटमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तलेजु मन्दिर खुल्ला: बिहानैदेखि दर्शनार्थीको घुइँचो

हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण दिनभर यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।

दशैँ मनाउन उपत्यकाबाट साढे ५ लाखभन्दा बढी गाउँ फर्किए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या साढे पाँच लाख नाघेको छ।