AnonymousUser

Logout

उज्यालोको पर्व तिहार शुरू

काग तिहार भने आइतबार परेको समितिले जनाएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ।

निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक

प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।

देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा

नेपालमा किसान परिवारको संख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ।

रामेछापको सुनापतिमा पहिरो: ७७ परिवार जोखिममा

पहिरोका कारण सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ।

पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

फूलको व्यापार तिहारमा धेरै हुने गरेको छ। तिहारमा काठमाडौँ उपत्यकामा मात्रै ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।

सिमाना कुर्न बसेको चिमाङ गाउँको मौलिकता

राजा थर्कोचेनले ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए।

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री र जेन-जी प्रतिनिधिबीच छलफल, निर्वाचनलाई सफल पार्दै इतिहास रच्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको मर्म र चाहनाअनुसार देश निर्माण गर्न नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएको उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे।

गृह मन्त्रालयमा जेन-जी हेल्पडेस्क, सिंहदरबारभित्रै स्वयंसेवा गर्दै युवा

जुनाल गदालका अनुसार जेन-जीका समस्यासँगै सीमान्तकृत समुदायले भोग्नुपरेका समस्या र सहकारपीडितले पनि हेल्पडेस्क गुहार्छन्।

मलेसियाविरुद्धको पराजय उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

छनोट प्रतियोगितामा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै फिफासमक्ष नेपालले निवेदन दिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।

फूलखतीमा रमाउँदै भक्तपुरका महिला

गुण्डुका ७५ प्रतिशत स्थानीयले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्।

अन्नपूर्ण पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

पदयात्राका क्रममा दुई दिनसम्म सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा समस्या हुने गरेको छ।

सामूहिक फूलखेतीमा तनहुँका महिला

समूहमा रहेका २३ जना महिलाले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ।

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

छठपर्व नजिकिँदा बढ्यो बाँसका सामानको माग

सीप भएका बिन र डोम समुदायका स्थानीय अहिले दिनरात नभनी बाँसका समान बनाउन व्यस्त छन्। यो क्रम छठपर्व शुरू हुने दिनसम्म चल्छ।

मेची राजमार्ग सञ्चालनको प्रयास: जोगमाई खोलामा डाइभर्सन निर्माण

जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो। ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा मंगलबार १० रिट पेस

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, प्रतिनिधिसभा विघटन खारेजी तथा पुनर्स्थापनाका लागि उत्प्रेषण र परमादेशको आदेश माग राखी रिट निवेदन पेस भएका हुन्।

पितृकार्यमै रहेका बेला बुबालाई आयो विपीन अस्ताएको खबर

विपीन जोशीको मृत्युको खबरले परिवार मात्र नभई सिंगो गाउँ स्तब्ध छ।

ठेक्का अवधि सकियो, सेती पुलमा मात्र आधा काम

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, तीन वर्षको सम्झौता अवधिमध्ये पुलको डिजाइन स्वीकृति र मापदण्डविपरीतका संरचना हटाउनै एक वर्ष लाग्यो। पछिल्लो दुई वर्षमा निर्माणले गति लिए पनि अपेक्षित प्रगति भने हुन सकेको छैन।

वीरगन्जबाट २ किलो सुन र १० किलो चाँदी बरामद

सशस्त्र प्रहरी बल र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट सुन र चाँदी बरामद गरेको छ।

४ महिनापछि सञ्चालनमा आयो बेनी–दरवाङ सडक

बर्षा रोकिएसँगै सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्।