घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ। हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ।
फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायत विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको छ।
झापाको दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बस मंगलबार राति दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मंगलबार भएको माइक्रो बस दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा झारिएको छ।
हिउँ परेपछि मनासलु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। लार्केपासमा गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएका छन्।
माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ। माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा छ।
रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।
२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।
अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।
“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”
इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।
मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।
लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने गृहमन्त्री अर्यालको भनाइ छ।
एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाइएको छ।