मुस्ताङमा रहेको कोरला नाकादेखि कैलाश मानसरोवर ३०० किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा छ।
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरी रातभर होल्ड हुनुपर्दा यात्रु र चालक दलको व्यवस्थापन र उडानअघिको इन्जिनियरिङ सुविधाको सुनिश्चितता नभएकाले विदेशी विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्।
संघीय र प्रदेश सरकारको समपूरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ।
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र परेसँगै सुदूरपश्चिमको प्रमुख आर्थिक नाकाका रूपमा विकास गरी महाकाली करिडोरसँग जोडेर व्यापारिक नाका विस्तार गर्ने योजना प्रभावित बनेको छ।
गम्भीर घाइते एक जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
जनकपुरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा स्थानीय आशावादी छन्।
उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले ढाकिएका छन्। पानीका मुहानसमेत हिउँले जमेपछि याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसी झारिएको छ।
जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।
सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।
सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवललगायत शहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन्।
सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।
ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।
कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।
समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।
टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ। नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ।
कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका ७३ वर्षीय तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।