AnonymousUser

Logout

मूल्य खस्किएपछि समस्यामा दाङका अदुवा किसान

राम्रो मूल्य पाउने आशमा अन्य कृषि बाली छोडेर अदुवा रोपेका दाङका किसान निराश छन्। मूल्य घटेका कारण उनीहरूले अदुवा खनेकै छैनन्।

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

रौतहटमा १७ हजार हेक्टरमा लगाएको धानबालीमा वर्षाले क्षति

बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएको छ।

लम्सुवाघाट पक्की  पुल १५ वर्षदेखि अलपत्र

अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।

दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।

कांग्रेस केन्द्रीय समिति लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

४० वर्षपछि मन्दिरमा फर्काइँदै ऐतिहासिक ब्रह्माको मूर्ति

विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिएको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्तिलाई अब मन्दिरमै पुनर्स्थापना गरिने भएको छ।

भक्तपुरको बाल सुधारगृहबाट भागेका २० बन्दीमध्ये १५ जना पक्राउ

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार दिउँसो ढोका तोडेर भागेका २० मध्ये १५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पुनः पक्राउ गरेको छ।

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरला नाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडक मर्मतका लागि उपकरणसहित टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

कागबेनी–कोरला सडकमा पहिरो, यातायात सञ्चालन हुन समय लाग्ने

राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

भोजपुरको षडानन्द नगरपालिका–४ मा चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदान हस्तान्तरण नहुँदा बजेट कार्यान्वयन  प्रभावित

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभई तल्लो तहमा पठाउने भनेर तोकिएको रकमसमेत आंशिक रूपमा हस्तान्तरण हुने गरेको पाइएको छ।

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा रोकिए पर्यटक

लुक्ला र नाम्चे बजारका होटल पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको जनाइएको छ।

बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीका साथै स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको छ।

खोटाङमा थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति

पाकेर पहेँलपुर भएको धान थन्क्याउनका लागि काटेर खेतमै सुकाइएको थियो। सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको छ।

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन्। करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेट हुँदा खुशी छन्।

निरन्तरको वर्षाले धानबाली खेतमै कुहिन थालेपछि किसान चिन्तित

धान भित्र्याउने मुख्य याममा भएको निरन्तरको वर्षाका कारण नकाटिएको धान पनि ढलेकाले किसानहरूमा थप चिन्ता बढेको छ।

जोमसोम–कोरला सडकमा पहिरो, यातायात ठप्प

जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

मेची राजमार्गको इलाम–राजदुवाली खण्ड अवरुद्ध

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ।